दोलखा/नेकपा एमाले दोलखा र मदन भण्डारी फाउण्डेशन दोलखाको संयुक्त आयोजनामा शनिवार समृद्ध नेपाल, शुखी नेपालीको जनआकांक्षामा जबजको सान्र्दभिकता विषयक विचार गोष्ठि सम्पन्न भएको छ ।
नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तिको अवसरमा आयोजिक विचार गोष्ठिमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् काठमाडौँ इन्चार्ज आनन्द प्रसाद पोखरेलले जबज सिद्धान्तको सार्थकता एवम् सान्र्दभिकताको विषयमा चर्चा गर्नु भएको थियो ।
नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न विचार गोष्ठिमा नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा एमालेका नेता एवम् मेलुङ गाँउपालिकाका अध्यक्ष हिरा कुमार थोकर, मदन भण्डारी फाउण्डेशन दोलखाका अध्यक्ष कृष्ण बहादुर वस्नेत र विद्यार्थी कृष्टीना खड्काले नेपाली राजनीतिमा जबजको महत्वको बारेमा चर्चा गर्नु भएको थियो ।
सो अवसरमा मदन भण्डारी फाउण्डेशन दोलखाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगीताको विजयी विद्यालयहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । हाजिरी जवाफ प्रतियोगीतामा त्रिपुरा ग्लोरियस एकाडमीक चरिकोट प्रथम, कुटिडाँडा मावि मकैबारी द्धितिय र महेन्द्रोदय मावि माटी तृतिय भएका थिए ।

प्रतियोगीतामा प्रथम हुनेलाई नौ हजार, द्धितिय हुनेलाई छ हजार र तृतिय हुनेलाई तीन हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष कृष्ण बहादुर वस्नेतले बताउनु भयो ।
दोलखामा पनि जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । भण्डारीको जन्मजयन्तीको अवसरमा दोलखा सदरमुकाम चरिकोटमा समृद्ध नेपाल सुखी नेपालीको जनआकांक्षामा जबजको सान्दर्भिकता विषयक विचार गोष्ठीको आयोजना गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी दोलखा र मदन भण्डारी फाउण्डेसन दोलखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्दप्रसाद पोखरेलले जबजको सिन्द्धान्त लगायतको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतमाा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा एमाले नेता तथा मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङ र मदन भण्डारी फाउण्डेसन दोलखाका अध्यक्षन कृष्ण बहादुर बस्नेतले जननेता मदन भण्डारीले राष्ट्रिय राजनितिकमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । सो अवसरमा भीमेश्वर नगरपालिकाको मावि स्तरीय हाजिरी जवाफ प्रतियोगीताका विजयी प्रतियोगीहरुलाई नगद सहितको पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्