दोलखा/पौडेल बंश महासंघ नेपालले आफ्नै परिश्रमबाट खानपुग्ने भन्दै सरकारले दिएको सामाजिक सुरक्षा भक्ता राज्यलाईनै फिर्ता गर्ने दोलखा मेलुङका खिलहरि पौडेललाई मरणोपरान्त सम्मान गरेको छ ।
पौडेल बंश महासंघ नेपाल दोलखाको दोस्रो अधिवेशनको अवसरमा स्व. खिलहरि पौडेललाई सम्मान गरिएको पौडेल बंश महासंघ नेपाल दोलखाका अध्यक्ष दिलसागर पौडेलले जानकारी दिनु भयो । स्व. पौडेललाई प्रदान गरिएको सम्मान उहाँको परिवारलाई हस्तान्तरण गरिएको थियो ।
संस्कृत भाषाका अब्बल खिलहरि पौडेल नाम चलेका पण्डित हुनुहुन्थ्यो । दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– ६ सिम्रास निवासी खिलहरि पौडेलको निधन ९४ बर्षको उमेरमा तीन महिना अघिमात्र भएको थियो ।
राज्यले जेष्ठ नागरिकलाई सम्मानपुर्वक दिएको सामाजिक सुरक्षा भक्ता लिनुपर्छ भनेर गाँउपालिकाका कर्मचारीहरुले घरमै पुगेर सम्झाउदा पनि स्व. खिलहरि पौडेलले आफुलाई खान पुग्ने सम्पत्ति रहेकोले आफुले पाउने भक्ता गरीव तथा विपन्न परिवारलाई दिनु भनि राज्यलाईनै फिर्ता गरिदिनु भएको स्व. पौडेलको बुहारी मञ्जु पौडेलले बताउनु भयो ।

पौडेल बंश महासंघ नेपाल दोलखाका अध्यक्ष दिलसागर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पौडेल बंश महासंघ नेपालका केन्द्रीय अध्यक्ष हरिराम पौडेल, केन्द्रीय उपाध्यक्ष विजय पौडेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दोलखा जिल्लाको मेलुङ, भेड्पु, सुकाठोकर, सहरे, जफे, भीरकोट, मिर्गे, जुँगू, सुनखानी र झ्याकुमा तीन सय ५० घरका एक हजार छ सय पौडेल रहेको अध्यक्ष दिलसागर पौडेलले बताउनु भयो ।
पौडेल बंश महासंघ नेपाल दोलखाको दोस्रो अधिवेशनले गंगाबहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्