काठमाडौँ/गत चैत्र १५ गते राजावादीको प्रर्दशनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेतीले ५० हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।
बुधवार विहान पत्रकार रजकको ताहचल स्थित निवासमा पुगेर समाजसेवी उप्रेतीले उहाँको पत्नी सुजनलाई सहयोग रकम प्रदान गर्नु भएको हो ।
एभि न्यु टेलिभिजनमा कार्यरत पत्रकार रजकको प्रर्दशनकारीले आगो लगाएको काठमाडौँ तीनकुने स्थित एक घरमा जलेर मृत्यु भएको थियो ।
मृतक रजकको परिवारलाई समाजसेवी उप्रेतीको सहयोग

प्रतिक्रिया दिनुहोस्