यो पनिशिक्षा

जुरिच किन्डरगार्टेन स्कूलको अभिभावक दिवस

भक्तपुर/सूर्यविनायक नगरपालिका वडा नम्बर– ३ बालकोट नयाँ वस्तिमा रहेको जुरिच किन्डरगार्टेन स्कूलको ८ औँ अभिभावक दिवस तथा दीक्षान्त समारोह शनिवार सम्पन्न भएको छ ।
सो अवसरमा स्कूलका अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई बिभिन्न विषयमा पुरस्कृत गरिएको विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल अमृत राउतले बताए ।
भक्तपुर स्थित अक्षरा स्कुलको फाउण्डर सिईओ अन्जु भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिईओ भट्टराई, एसओएस हर्मन माईनर स्कूल सानो ठिमिका पूर्व प्राचार्य शङ्कर प्रसाद पौडेल, पुर्व मन्त्री एवम् अभिभावक लक्ष्मण लम्साल, संविधानसभा सदस्य केदार सञ्जेल, अभिभावक गिता श्रेष्ठ, ब्राम्हण नल टोल सुधार समितिका अध्यक्ष मिना कार्की, सिभिएम सेकेण्डरी स्कुलका अध्यक्ष श्यामसुन्दर वस्नेत, सूर्यविनायक नगपालिका वडा नम्बर– ३ का वडा सदस्य घनश्याम भट्टराई र पण्डित रामप्रसाद सुवेदीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


विद्यालयले सुलभ शुल्क लिएको भएपनि सुविधा भने महङ्गा स्कूलहरुको जस्तै रहेको र अतिरिक्त कृयाकलापमा म्युजिक, योग र डान्स कक्षाहरु समेत सञ्चालनमा रहेको प्रिन्सिपल राउतले बताए । आठ बर्ष अघि ७ जना विद्यार्थीबाट सुरु गरिएको जुरिच किन्डरगार्टेन स्कूलमा हाल ८७ जना विद्यार्थी रहेको पनि प्रिन्सिपल राउतले बताए ।

सम्बन्धित समाचार