बागमतीसमाचारस्वास्थ्य

च्छो–रोल्पा अस्पतालको १९ बर्ष

दोलखा/सदरमुकाम चरिकोटमा रहेको च्छो–रोल्पा अस्पतालको १९ औँ वार्षिक उत्सवको अवसरमा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
सो अवसरमा अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डाक्टर सतिस निरौलाले अस्पतालले आवश्यक सेवा सुविधा सहित विशेषज्ञ सेवा दिईरहेको बताउनुभयो ।
अस्पतालमा दोलखा लगायत छिमेकी जिल्लाहरु बाट समेत विरामीहरु उपचारको लागि आउने गरेको डाक्टर निरौलाले बताउनु भयो । हामीले बिरामीको अवस्था हेरि आवश्यकता अनुसार उपचारमा विशेष छुट समेत दिने गरेका छौ डाक्टर निरौलाले भन्नु भयो ।
५५ शैयाबाट सुरु भएको च्छो–रोल्पा अस्पतालले अहिले एक सय शैयाबाट बिरामीलाई सेवा दिईरहेको अस्पतालका प्रशासन प्रमुख तथा सुचना अधिकारी सर्मिला बुढाथोकीले जानकारी दिनुभयो ।
अस्पतालमा हाल हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर सुमन श्रेष्ठले हाड तथा नसा रोग सम्बन्धि सामान्य देखि जटिल प्रकृतिका शल्याक्रिया सेवा समेत दिईरहनु भएको अस्पतालले जनाएको छ । अस्पतालले हाल जेनेरल सर्भिस, हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा, प्रयोगशाला सेवा, एनोमोलि इस्क्यान, इन्डोस्कोपी सेवा, होल बडि जाँच, एक्सरे, मुटु जाँच, आकस्मिक सेवा, सामान्य तथा जटिल प्रकृतिका शल्याक्रिया, एएनसि प्याकेज, होम सर्भिस, मनोसामाजिक परामर्श सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको जनाईएको छ ।

सम्बन्धित समाचार