समाचारस्वास्थ्य

सशस्त्र प्रहरी  बल र च्छो-रोल्पा अस्पताल बीच छुटकाे सहमति

दाेलखा/ सशस्त्र प्रहरी  बल नेपाल नम्वर १८ गुल्म हेडक्वार्टर र  च्छो-रोल्पा जनरल अस्पताल बीच  स्वास्थ्य सेवामा  छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

दोलखाको सदरमुकाम चरिकोटमा रहेको  च्छो-रोल्पा जनरल अस्पतालका  अध्यक्ष पृथ्वी  बहादुर श्रेष्ठ  र शसस्त्र प्रहरी  बल नेपालका प्रहरी नायव उपरिक्षक शम्भुविक्रम शाह बीच  आज  छुट दिने विषयको सम्झौतामा  हस्ताक्षर भएकाे छ। सम्झौता अनुसार सदरमुकाम चरिकोटमा रहेको  च्छो-रोल्पाजनरल अस्पतालले दोलखा जिल्लामा बसोबास गर्ने शसस्त्र प्रहरी बल, बहाल वाला शसस्त्र प्रहरी, शसस्त्र प्रहरी कर्मचारी, अवकाश प्राप्त शसस्त्र प्रहरी, शसस्त्र प्रहरीका आश्रित  परिवार, विरगती प्राप्त गरेका  प्रहरीका  आश्रित परिवारलाई स्वास्थ्य उपचार सेवामा छुट हुने छ।

सशस्त्र प्रहरी  बल नेपाल नम्वर १८ गुल्म हेडक्वार्टर र  च्छो-रोल्पा जनरल अस्पताल बीच सम्पुर्ण  स्वास्थ्य सेवामा २० प्रतिशत, एम्बुलेन्स सेवामा १० प्रतिशत  र औषधिमा ७ प्रतिशत छुट दिन सहमति भएको छ । सेवा लिनका लागि शसस्त्र प्रहरीबाट प्रमाणित भएका कागजात पेस गर्नु   पर्ने छ । विशेष  परिस्थितिमा सेवाग्राहीको आर्थिक अवस्था कमजोर रहेको पाईएमा थप सहुलियत दिन सकिने अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार