लामाबगर, दोलखा/दोलखाको विगुु र गौरीशङ्कर गाँउपालिकामा पर्ने चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउन १३ जना मजदुुरहरु सक्रिय रहेका छन् । परिवारको भविष्य खोज्न प्रत्येक दिन मृत्युुको त्रासमा काम गरिरहेको उनीहरुको भनाई छ ।
दोलखा लापिलाङका तुलबे थामी विगत एक महिना देखी चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउने काममा लागेका छन् । खुुट्टा टेकाउने अवस्था नभएको ठाँउमा समेत डोरीको सहारामा काम गर्नुपर्ने तुलबेको भनाई छ ।
हामी प्रत्येक दिन मरेर बाँचिरहेका छौ तुलबेले भने– किनभने विहान काममा लागेपछि बेलुका जिउदै फर्कने हो की हैन ठेगानै हुुदैन । काममा जतिसुुकै जोखिम भएपनि परिवारको भविष्यको लागि पनि मृत्युु छल्दै अघि बढ्नुुको विकल्प नभएको तुलबेको भनाई छ ।
परिवारलाई नभनि सुुटुुक्क काममा आएका तुुलबेले केही दिन त काम गर्नै कठिन भएको बताए । परिवारले थाहा पाएभने यस्तो ठाँउमा काम गर्न आउनै दिदैनन्, उनले भने– गुजारा गर्ने बाध्यताले परिवारलाई थाहै नदिई आएको हो ।
उमेरले ६४ बर्ष लागेका गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ रिकुुका नेत्रबहादुुर खड्का पनि विगत दुुई महिनादेखी यहि भीरमा परिवारको भविष्य खोजिरहेका छन् । अरु सीप जानिएन नेत्र बहादुुरले भने– आफुले जानेको यस्तै मजदुुरी काम छ, यो सजिलो ठाँउमा मात्र नहुुने रैछ ।
उमेर र जोखिमलाई हेरेर घरमा बस्ने हो भने परिवार चलाउन कठिन हुुने नेत्र बहादुुर बताउछन् ।
सिन्धुुलीका गोपाल मगरको बाध्यता पनि अरु साथिहरुको भन्दा फरक छैन । उनी भन्छन्– यो भीरमा काम गर्दा ज्यान जोखिममा छ भन्ने बुुझेको छुु, तर रोजगारीको विकल्प नभएपछि यहि काम गर्न बाध्य छुु । यो भीरमा एउटा डोरीको भरमा काम गर्नु परेको छ, अलिकता खुुट्टा चिप्लीएर खसियो भने बाँच्ने संभावनै छैन– गोपालले भने ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्र्तगतको रोलवालिङ खोला जलविद्युत आयोजनाको सहयोगमा चिम्लिङको चट्टानी भीर छिचोल्दै पैदलमार्ग निर्माण भै रहेको हो ।
झण्डै साढे चार किलोमिटरको पैदलमार्गले दोलखाको विगुु गाँउपालिका वडा नम्बर– १ लामाबगर मा रहेको माथिल्लो तामाकोशी हाईड्रोपावर आयोजना स्थल नजिक खोरदिङबाट गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ रिकुु गाँउ जोड्ने रोलवालिङ खोला जलविद्युत आयोजनाका आयोजना प्रमुख मनोज ताम्राकारले बताए ।
रिकुु गाँउमा रोलवालिङ खोला आयोजनाको अडिट– १ टनेल बन्दै छ । यो टनेलबाट आयोजनाको रोलवालिङ खोला स्थित बाँध स्थल र लामाबगरमा रहने पावरहाउसमा पानी पुु¥याउने सुुरुङ भेटिने आयोजना प्रमुख ताम्राकारको भनाई छ ।
रिकुुसम्म जोड्ने पदमार्ग रिकुु गाँउका स्थानीयलाई आवत– जावतमा सहज होस र गाँउको जीवन स्तर उकास्न समेत उपयोगी बनोस भनेर निर्माण गर्न लागिएको आयोजना प्रमुख ताम्राकार बताउछन् । पदमार्ग निर्माण पछि च्छो– रोल्पा हिमताल पुुग्ने पर्यटकलाई समेत सहज हुुने आयोजना प्रमुुख ताम्राकार बताउछन् ।
झण्डै छ करोड रुपैया लागत अनुमान गरिएको पैदल मार्गको १४ सय मीटर निर्माण सकिएको आयोजना प्रमुख ताम्राकारले बताए ।
आयोजनाले पदमार्ग निर्माणको जिम्मा हाई हिमाललाई दिएको छ । पदमार्ग निर्माणको काम पेटी ठेक्कामा लिएका लापिलाङका इन्द्र थामी पदमार्ग बनाउन निक्कै जोखिमपूूर्ण रहेको बताउछन् । मजदुुरमात्र हैन हामी आफैपनि जोखिममा छौ तर यो गुजाराको लागि आवश्यक छ– इन्द्रले भने ।
पिसिसि ढलान र रेलिङ सहितको दुुई मीटर चौढाईको पदमार्ग निर्माण पछि रिकुुका स्थानीय र पर्यटकहरुको लागि निक्कै उपयोगी हुुने इन्द्र थामी बताउछन् । पदमार्ग निर्माणको काम आगामी जेठ महिनासम्म सक्ने लक्ष्य रहेको हाई हिमालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्