दोलखा/अन्तर– पुुस्ता महिलावादी मञ्च (आईजिएफएफ) ले दोलखा सदरमुकाम चरिकोटमा बुधवार देशव्यापी महिलावादी अनुपम अभियान अन्र्तगत यात्रै– यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
पछाडी पारिएका समुदाय र महिलाहरुको आवाज बुुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुु¥याउने र परिणाम मुखी विकासको कूलो फर्काउदै आत्मसम्मान र आत्मनिर्भरता बढाउने उदेश्य सहित देशव्यापी महिलावादी अनुपम अभियान अन्र्तगत यात्रै– यात्रा कार्यक्रम सम्पन्न गरिएको दोलखामा कार्यक्रमको सयोजन गर्ने महिलावादी अभियन्ता डा. जानुका न्यौपानेले बताईन ।
अभियानको क्रममा महिला शसक्तिकरण सम्बन्धि बिभिन्न नारा लेखिएको प्लेकार्ड सहितको ¥यालीले बजार परिक्रममा गरेको थियो । कार्यक्रममा बागमति प्रदेशका सांसद भरतबहादुर केसीले विकासको लागि महिला सहभागिता र महिला शसक्तिकरण आवश्यक रहेको बताए ।
देशव्यापी महिलावादी अनुपम अभियानको अभियन्ता सरु जोशी श्रेष्ठले २०८४ को निर्वाचनमा महिलाहरुलाई निर्णायक तहमा पुु¥याउन सबैले साथ दिनुपर्ने बताईन । अहिले पनि लैङ्गिक विभेद कायमै रहेकोले त्यसको अन्त्य गर्दै निर्णायक तहमा महिला नेतृत्व स्थापित गर्नु अभियानको उदेश्य रहेको श्रेष्ठले बताईन ।

कार्यक्रममा देशव्यापी महिलावादी अनुपम अभियानको अभियन्ता कृष्णा कार्की, भीमेश्वर नगरपालिकाको उपप्रमुुख कमला वस्नेत, शैलुुङ गाँउपालिकाको उपप्रमुख पार्वती कार्की, अन्तर– पुुस्ता महिलावादी मञ्च (आईजिएफएफ) केन्द्रीय सञ्जालको सदस्य कालिका खड्का, अखिल क्रान्तिकारीको दोलखा अध्यक्ष अप्सरा चौलागाई, अनेमसंघ दोलखाका अध्यक्ष मेनुका सुवेदी, महिला अधिकारकर्मी पार्वती खड्का, सिर्जना कार्की लगायतको सहभागिता रहेको थियो ।
२०८० सालबाट सुुरु भएको अभियान २०८४ सम्म सञ्चालन गरिने अभियन्ता श्रेष्ठको भनाई छ । अभियान अन्र्तगत गत चैत्र महिनामा पूर्व देखि पश्चिमसम्म बस यात्रा सम्पन्न गरिएको र अहिले प्रदेश, जिल्ला, पालिका र वडा तहमा यात्रै– यात्रा अभियान सञ्चालन भै रहेको अभियन्ता श्रेष्ठले बताईन ।

 
					 
			 
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया दिनुहोस्