दोलखा/नेपाल पुुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दोलखाको छैटौ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
नेपाल पुुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष भिमराज गुुरागाईको सभापतित्वमा सम्पन्न छैटौ बार्षिक साधारण सभामा महासंघका बागमति प्रदेश अध्यक्ष विश्वराम त्वयना, महासंघको केन्द्रीय सदस्य सुुविन मानन्धर, महासंघको बागमति प्रदेश कोषाध्यक्ष पारश महर्जन, सल्लाहकार सदस्य विजय महर्जन र प्रकाश कार्कीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बार्षिक साधारण सभामा नेपाल पुुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दोलखाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा दोलखाको खस्कदो व्यवसाय र नेपाल पुुस्तक तथा स्टेशनरी व्यवसायीहरुको अवस्थाको बारेमा समेत छलफल भएको प्रकाश कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्