बागमतीशिक्षासमाचारसुचना

पुुस्तकालयको साधारणसभा

दोलखा/गौरीशङ्कर सामुदायीक पुस्तकालय दोलखाको १७ औ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
रिड नेपालको सहयोगमा २०६० सालमा स्थापना भएको पुस्तकालयको साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमको उद्घाटन बागमति प्रदेश सभाका सांसद भरत बहादुर केसीले गर्नु भएको थियो ।
कार्यक्रममा पुुस्तकालयका सचिव नवराज न्यौपानेले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष होम प्रसाद पाठकले आर्थिक प्रतिवेदन र पत्रकार जीवन लामाले सामाजिक लेखा परिक्षणको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सामुुदायीक पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर वस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा रिष्ठ कलाकार मदनदास श्रेष्ठ, भीमेश्वर नगरपालिकाको प्राविधिक शाखा प्रमुख ई. सुरेश राउत, वडा सदस्य एकमाया भुुजेल र पुस्तकालय सञ्चालक समितिका सदस्य गणेश कुुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार