दोलखा/ट्राफिक प्रहरीको जिम्मेवारीसंगै सामाजिक अभियानमा सक्रिय जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुुर प्रसाद भट्टराईले अनाथ महिला तथा बालबालिहरु को पालन– पोषणमा गर्दै आएको आवाज नेपाल दोलखालाई बार्षिक २० हजार रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।
आफ्नो ४५ औ जन्मदिनको अवसरमा दोलखाका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक भट्टराईले आवाज नेपालका अध्यक्ष सिर्जना कार्कीलाई उक्त प्रतिवद्धता जनाएका हुुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक भट्टराईले आवाज नेपालको अध्यक्ष सिर्जना कार्कीले धेरै अनाथ, असहाय महिला तथा बालिकाहरु को रेखदेख गरेर उत्कृष्ट सामाजिक काम गरेको देखेर आफुले आफ्नो पारिश्रमिक रकमबाट बार्षिक २० हजार सहयोग गर्ने घोषणा गरेको बताए ।
आफुले बार्षिक रुपमा उपलब्ध गराउने बार्षिक २० हजार रुपैयाले कमसेकम एक जना बालिकालाई एकबर्ष सामान्य खर्चपुुग्ने आफ्नो अपेक्षा रहेको भट्टराईको भनाई छ । आफुु अहिले जागिरको सिलसिलामा दोलखा रहेको र पछि अन्यत्र सरुवा भएर जाँदा पनि आवाज नेपाललाई दिने बार्षिक २० हजार सहयोग कायमै रहने भट्टराईले बताए । यो सहयोग म आजिवन गर्ने छुु – प्रहरी सहायक निरीक्षक भट्टराईले भने ।
आवाज नेपाल दोलखामा हाल २९ जना महिला तथा बालिका रहेको अध्यक्ष सिर्जना कार्कीले बताईन ।
प्रतिक्रिया दिनुहोस्