अन्तरास्ट्रियसमाचार

जापानमा मृत्यु भएको विवेक चिमोरियाको परिवारलाई सहयोग

चरिकोट/जापानमा हृदयघातबाट निधन भएका दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर– २ गैरी जुँगुका २२ बर्षिय विवेक चिमोरियाको परिवारलाई दोलखा समाज जापान लगायतका संघ– संस्थाहरुले सहयोग गरेको छ ।
अध्यनको लागि जापान गएको दुुई महिनामै विवेकको हृदयघातबाट निधन भएको थियो । मृतकको परिवारलाई दोलखा समाज जापान, जापानमा रहेको बिभिन्न संघ– संस्था, दोलखा समाज क्यूसीयुु क्षेत्रीय समिति फुकुुवका, ओसाका युनिटी, एनआरएन जापान, र दौतरी जापान सहित कामको सिलसिलामा जापानमा रहनुभएका नेपालीहरु बाट सङ्कलन गरिएको १३ लाख २१ हजार रुपैया आईतवार हस्तान्तरण गरिएको छ ।


दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष राजेश थापाले मृतकको बुुबा हरिलाल चिमोरियालाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । मृतक चिमोरियाको अन्त्यष्टिको लागि रकम सङ्कलन गरी उनको बुुबालाई उपलब्ध गराईएको दोलखा समाज जापानका अध्यक्ष रोशन थापाले बताउनुु भयो ।
त्यसैगरी आईतवार नै दक्षिण कोरियामा रहनु भएका रामचन्द्र पाण्डे, दिपक दाहाल लगायतले सङ्कलन गर्नु भएको चार लाख २६ हजार रुपैयाँ रकम भवानी पाण्डेले मृतकको बुुबा हरिलाल चिमोरियालाई हस्तान्तरण गर्नुभएको छ ।

सम्बन्धित समाचार