अर्थ र ब्यापार

तारकेश्वर डाँडागाउँमा सिवांगी ब्युटी जोन

काठमाडौँ / काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकी नजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शनिबारदेखी सञ्चालनमा आएको हो ।

डेढ दशक भन्दा लामो समयदेखी मोडलिङ र गायन क्षेत्रमा आवद्ध रहेका लामा व्यवसायमा हात हालेका लामा विगत ५ वर्ष भन्दा लामो समयदेखी सौन्दर्य क्षेत्रमा काम गर्दै आइरहेकी छिन । सञ्चालक लामाले साउन २८ गतेसम्मको लागि १ हजार रुपैँयामा फेसियल र दुई हजार ५ सय रुपैँयामा हेयर स्ट्रेड गर्ने बताए । साथै कुनै पनि कस्मेटिक सामानमा ५ देखी १० प्रतिशतसम्म छुट दिने पनि बताए ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा कलाकार एंव निर्देशक रेशम कुमार स्याउली रहेका थिए ।कलाकार एंव निर्देशक स्याउलीले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।

गायक एंव संगीतकार विशाल योन्जन तामाङको प्रमुख आतिथ्यतामा सिवांगी ब्युटी जोनको उदघाटन गरेका हुन । उनले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सिवांगी ब्युटी जोनलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे । कलाकारितासंगै व्यवसायमा हात हालेकी मन्जिरा लामालाई हौसला प्रदान गर्नुका साथै थप प्रगतिको कामना पनि गरे ।

कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरु, कलाकार, पत्रकारहरु, पहिलादेखी नै आइरहनुभएका ग्राहकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार