बिचार / ब्लगयो पनिराजनिति

प्रचण्डको क्रमभंगता

आनन्द प्रसाद पोखरेल, नेपाली बामपन्थि राजनीतिमा सैद्धान्तिक शसक्त नाम हो । बुबा ईन्द्रप्रसाद पोखरेल र आमा रन्धत्ता पोंखरेलको जेठा सन्तानको रुपमा २०१६ साल चैत्र २९ गते दोलखाको जफेमा जन्मनु भएका पोखरेलको कम्युनिष्ट पार्टी (नेकपा एमाले) को सदस्यता नम्बर ३६३ हो । ग्रामिण विकास र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नु भएका पोखरेलले विएस्सि एजी र विएल समेत गर्नु भएको छ । उहाँले २०३३ सालमा एसएलसी गर्नु भएको हो ।
कक्षा सातमा अध्यन गर्दै गर्दा २०२९ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गर्नु भएको पोखरेलले २०३४ साल असारमा अखिल नेपाल कोअर्डिनेशन केन्द्र युथलिगमा संगठित हुनुभयो । २०३५ सालमा नेकपा माले गठन भएपछि उहाँ निरन्तर युवा– विद्यार्थी आन्दोलनमा सक्रिय हुनुभयो ।
श्रिमति – मिठु पेखरेल पोखरेल २०३७ सालमा अनेरास्ववियु चितवन जिल्ला कमिटीको सदस्य बन्नु भयो । त्यसैगरी २०३७ सालमै नेपाल राष्ट्रिय शिक्षक संगठनको समेत सदस्य बन्नु भयो । २०३९ सालमा उहाँ अनेरास्ववियु चितवन जिल्ला कमिटी अध्यक्ष हुनुभयो । त्यसैगरी २०४० सालमा नारायणी अञ्चल अनेरास्ववियुको सचिव बन्नु भयो । पोखरेल अनेरास्ववियुको सातौ राष्ट्रिय महाधिवेशनको आयोजक कमिटी सदस्य बन्नु भयो ।
२०४३ सालमा नेकपा माले जिल्ला संगठन कमिटी दोलखाको सदस्य बन्नु भएको पोखरेल २०५४ देखी २०५९ सम्म नेकपा एमाले दोलखाको सचिव बन्नु भयो । २०६० देखी २०७० सम्म नेकपा एमाले बागमति अञ्चल सदस्य, २०७५ देखी पार्टीको केन्द्रीय सदस्य, २०७५ मै पार्टीको बागमति प्रदेश कमिटी सचिव, २०७७ सालमा पार्टीको बागमति प्रदेश कमिटी अध्यक्ष र २०७८ देखी पार्टीको केन्द्रीय पोलिटब्युरो सदस्य बन्नु भयो । पोखरेल पार्टीको केन्द्रीय प्राकृतिक स्रोत व्यवस्थापन विभागको सचिव, प्रजातान्त्रिक युवा संघको जिल्ला अध्यक्ष, संस्थापक केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव समेत बन्नु भएका पोखरेल २०३८ सालमा नौ महिना राजनीतिक बन्दिको रुपमा जेल पर्नु भएको थियो भने २०४३ देखी २०६३ सम्म राजनीतिक आन्दोलनको क्रममा ३० पटक जेल तथा हिरासतमा रहनु भयो ।
२०४३ सालमा जनपक्षिय प्रधानमञ्च बन्नु भएका पोखरेल प्रतिनिधि सभा सदस्य तथा पर्यटन मन्त्री समेत बन्नु भयो । प्राकृतिक सम्पदा मासिकको सम्पादक÷प्रकाशक रहनु भएका पोखरेलले गन्तव्य समाजवाद पुस्तक समेत प्रकाशन गर्नु भएको छ । बिभिन्न पत्रपत्रिकामा उहाँको दर्जनौ लेख प्रकाशन समेत भएका छन् ।
राजनीतिक, सामाजिक, बौद्धिक अभियानको क्रममा पोखरेलले चिन, भारत, बगलादेश, पाकिस्थान, श्रिलंका, ब्रहमा, थाईल्याणड, भियतनाम, दक्षिण कोरीया, इन्डोनेशीया, जापन, बेलायत, फ्रान्स, जर्मन, बेलजियम, निदरल्यान्ड, स्विजरल्यानड, अमस्टरड्याम, ग्रिस, दक्षिण अफ्रिका, अर्जेन्टाईन, ऊगान्डा, केन्निया, इजराईल, पेल्स्टाईन, कतार, ब्राजील, अमेरीका, ट्रकि आदी मुलुकको भ्रमण समेत गर्नु भएको छ ।

वर्तमान राजनीतिक परिर्वतनमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डकाे भूमिका र अभिव्यक्ति बारे एमाले नेता पाेखरेलकाे धारणा

आनन्द प्रसाद पोखरेल

नेपालको राजनीतिक अस्थिरताको कारक नेपालका केही राजनीतिक दलको बिचार बिहीनता, सत्ता महत्वकाक्षा र बैदेशीक हस्तक्षेप आदि देखिदै आएको छ । भखरै नेपालको सत्ता राजनीतिमा हेराफेरी भएको छ । अहिले बलियो एकताबद्ध कम्युनिष्ट पार्टी, समाजबाद ऊन्मुख अर्थ ब्यबस्थाको लागी बलियो बाम सरकार त्यसको लागि नयां क्रमभंगता भनिएको छ ।

प्रचण्डजीले जोड दिनु हुन्छ म जिऊंदो छौऊन्जेल क्रमभंगता भईरहन्छ, माओबादी यसैमा रमाऊछ । यसबाट नेपाली जनताले के बुझने ? नेपाली जनताले चाहेको राष्टिय हित, संबिधानको रक्षा, अस्थिरता र अराजकताको अन्त, सामाजीक सद्भाब, राष्ट्रिय एकता, शुसासन, भ्रष्टाचारको अन्त, आर्थिक बिकास, सम्बृद्ध नेपाल सुखी– नेपालीको राष्ट्रिय आकंक्षा पुर हुनको लागि बलियो स्थिर सरकार सहित समातमुलक न्यायपु्र्ण समाजको बिकास गर्न सकिएला ? होला ? ऊहांले हिजो एकताबद्ध बलियो कम्युनिष्ट पार्टी फुटाऊन नेतृत्व गर्नु भयो । बिगतमा प्रचण्डले तीन पटक केपी शर्मा ओलीको नेतृत्वको बाम सरकार नेपाली काग्रेससंग मिलेर ढाल्नु भयो । दक्षिणपन्थि सरकार बनाऊनु भयो । बैदेशीक हस्तक्षेप निमत्याऊनु भयो । भारतियद्वार भारतको घोडाको ऊपमा पाऊनु भयो । यसलाई पनि क्रमभंगताको सैद्धान्तिक आबरण पहि¥याईएको थियो ।

माक्र्शबादले क्रमभंगतालाई स्विकार गर्दछ । तर यो पुरानो पतनमुखि सामाजिक, आर्थिक, राजनीतिक परिपाटीको अन्त गरी परिबर्तनकारी, प्रगतिशिल, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणालि निर्माणको माग गर्दछ । प्रचण्डको बिगत देखी भनिएको क्रमभंगताले बलियो बामपन्थि शक्तिको सरकार निर्माण गरी जनबादी ब्यबस्थाको सुदृढीकरण गरेको छ ? राष्ट्रिय पुँजीको बिकास गरी समाजबादको आधार निर्माणमा सहयोग पुगेको छ ? छैन । यसले दक्षिणपन्थि शक्तिलाईनै सहयोग पुगेको छ । बाम आन्दोलन कमजोर भएको छ । अहिले बामपन्थिको सरकार निर्माण, पुर्नउत्थानबादी प्रतिगामी शक्ति, बित्तिय एकाधिरकारी पुँजीबादी र दलालपुजीबादका पक्षपोषक बाहेकको शक्तिलाई एकताबद्ध गरी नयां बाम सरकार गठन गर्ने कुरा ब्यक्त गरिएको छ, यो राम्रो छ । शंका लाग्छ प्रचण्डले नौरंगी क्रमभंगताको तुरुप कुन अदृश्य खल्तिबाट कतिबेर निकाल्ने हुन । आफ्नो सत्ता स्वार्थ र महत्वकाक्षा पुरा गर्न कहाँ, कुन समयमा, कसको पक्षमा र कसको बिपक्षमा प्रयोग गर्ने हुन । त्यो कुरा आफ्ना पार्टीका नेतालेमात्र होईन स्वयम प्रचण्डले पनि थाहा पाऊदैनन । जसकाकारण संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ८ बर्षसम्म पनि मुलकले राजनीतिक स्थायित्व कायम गरी नेपालको स्बाभिमान, राष्ट्रिय हित बिकास र शुसासन सहित नयां गन्तब्य पाउन सकेको छैन । यसको मुल कारण पनि प्रचण्डको सत्ता स्वार्थ, महत्वकांक्षा र कथित क्रमभंगता नै हो ।

कम्युनिष्ट गल्तिबाट सिकिन्छ, आत्मालोचना गर्दछन । गल्ति दोहोर्याउदैनन् । यो मान्यतालाई आत्मासाथ गरी प्रचण्ड साच्चै सच्चिएर माक्शबादि बिश्व दृष्टिकोण सहितको क्रमभंगतामा आएका हुन् भने हामिले स्वागत गर्नु पर्दछ । सहकार्य गर्नु पर्द छ । यो राम्रो छ । पुरानो गठबन्धन टुटेपछि प्रमुख प्रतिपक्षले मुलुकलाई सरकार बिहिनताको स्थिती आउन दिदैन, दिनु हुदैन । यो बिन्दुसम्म हामी ठिक छौ । हामीले अहिले प्रचण्डलाई शंकाको सुबिधा दिउ । आउदा दिनमा कथनि र करणिमा जाँच पड्ताल गरौ । देशलाई माक्र्सबाद र जबजको राजनीतिक कार्यदिशा तर्फ क्रमश लैजान एकल बलियो राजनीतिक शक्तिको बिकास आजको आबश्यकता हो, यो आबश्यकता पुरा गर्न त्यसको लागि बलियो एकताबद्ध एमालेको नेतृत्व अपरिहार्य छ । त्यसैले सरकारको गतिसिलतामा शसक्त सहभागितासंगै पार्टी निर्माणमा समेत एकतावद्ध भएर अगाडि बढौ ।

सम्बन्धित समाचार