बागमतीसमाचार

बैतेश्वर गाँउपालिकाकाे मुख्य सडकहरुमा धमाधम ढलान

दोलखा/पुर्वाधार विकासमा अब्बल बन्दै गएको जिल्लाको वैतेश्वर गाउँपालिकाले धमाधम स्थानीय सडक र गोरेटो बाटो निर्माणलाई तीव्रता दिएको छ्।

पालिकाको वडा नम्बर-४ र ३ लाई जोड्ने मुख्य ग्रामीण सडक ज्यामिरे बगर सडक र वडा नम्बर-६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ्।बैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारको अनुदान सहयोगमा मैनापोखरी ज्यामिरे- बगर सडकको ढलान अन्तिम चरण पुगेको हो।उक्त सडक निर्माण गर्न बैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारले चालु वर्ष ५०/५० लाख बजेट विनियोजन गरेको थियो। यस सडकको ढलान कार्य वैतेश्वर गाउँपालिकाले ठेक्का मार्फत गरिरहेको छ्। यस सडक खण्डमा पहिलो चरणमा करिब साढे पाँचसय मिटर सडक ढलान हुने वैतेश्वर गाउँपालिका सव- इन्जिनियर विस्वास घिमिरेले बताए।त्यस्तै वडानम्बर-६ को नाम्दु घिमिरेटार सडकमा बागमती प्रदेशको २५ लाख अनुदानमा दुईसय मिटर ढलान सम्पन्न भएको हो।

त्यसैगरी पालिकाको ५० लाख र बागमती प्रदेशको ५० लाख अनुदानमा अस्पताल- पाँडुडाँडा सडक र वडा नम्बर- ६ र ७ लाई जोड्ने च्यानडाँडा- छाप सडकमा पनि ढलान गर्नको लागि तयारी थालिएको छ्।च्यानडाँडा- छापसडक ढलानको लागि पनि पालिका र प्रदेश सरकारको ५०/५० लाख बजेट विनियोजन गरिएको छ्। त्यसैगरी नाम्दु- पाँडुडाँडा सडक ढलान गर्न संघीय सरकारको ७५ लाख अनुदान पालिकाले एक करोड २५ लाख बजेट विनियोजन गरेको छ्।भने,पालिकाले पुराना ४ सडक गोपि-जोरमाने सडक,बुस्ती- पुतलिकाठ सडक,देउराली- क्षत्रपा सडक ढलान गर्न प्रति सडक दुई करोडको दरले ढलान गर्न ठेक्का लगाइसकेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए।

सडकमा ढलान गर्न सुरु गरेसंगै पालिका अध्यक्ष लामा र उपाध्यक्ष कल्पना उप्रेतीले अनुगमनलाई तिब्रता दिएका छन्।पालिकाले यस वर्ष करिब ९ किलोमीटर सडक ढलान गर्ने योजना बनाएको अध्यक्ष लामाले बताए। पालिकालाई ५ वर्ष भित्र हिलोमुक्त बनाउने अभियान अन्तर्गत धमाधम स्थानीय सडक तथा ग्रामीण गोरेटो बाटो निर्माण गर्ने कार्यलाई तीव्रता दिएको वैतेश्वर गाउँपालिका योजना शाखा प्रमुख वासुदेव दहालले जानकारी दिए। पालिकाले चालु वर्ष ९ किलोमीटर पक्की सडक र साढे पाँच किलोमीटर गोरेटो बाटो निर्माण गर्ने जनाएको छ।

सम्बन्धित समाचार