दोलखा/दोलखाको मैनापोखरीमा केन्द्रीय कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था (जनसचेतन साकोस) को ३० औ बार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पुँजीलाई एकिकृत गरी उत्पादनसंग जोड्ने कुरामा सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
अहिले नेपालका हरेक गाँउमा नागरिकहरु व्यवसायीक बनेका छन् प्रदेश मन्त्री लम्सालले भन्नु भयो– यस्तो अवस्थामा सहकारीलाई उत्पादनसंग जोडेर विकास गरिनु पर्दछ ।
कार्यक्रममा संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईले वार्षिक प्रतिवेदन सहित दुई अरब ३५ करोड रुपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेश सहकारी संघका महासचिब भीम प्रसाद दाहाल, जनमुखी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गिता कृष्ण शर्मा, जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ उपाध्यक्ष गोपाल ध्वज श्रेष्ठ, सचिव कमल दाहल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहकारी संस्थामा आवद्ध जेष्ठ सदस्यहरुलाई लठ्ठी वितरण गरिएको थियो । संस्थामा हाल ४२ हजार शेयर सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्