बागमतीमुख्य समाचारसमाचार

११ केजी सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

दोलखा/दोलखाको लामाबगर नाकाबाट भित्रिएको ११ केजी सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले रसुवा घर भएका ३८ बर्षका चेतनाथ न्यौपानेलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको भनाई छ ।
दोलाखको विगु वडा नम्बर– ३ जामुने र वडा नम्बर– १ लामाबगरबाट बरामद भएको ११ केजी सुन प्रकरणमा अहिलेसम्म दुई चिनिया नागरिक सहित १४ जना पक्राउ परिसकेका छन् । सुन तस्करी प्रकरणमा दोलखा प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार