बागमतीमुख्य समाचारसुचना

विकासमा मिडिया दायित्व कार्यशाला

दोलखा/मिडिया फाउण्डेशन दोलखाले तीन दिने विकासमा मिडियाको दायित्व विषयक कार्यशाला गोष्ठि आयोजना गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिकाको सहयोगमा आयोजना गरिएको कार्यशालामा पत्रकारिता, भीमेश्वर नगरपालिकाको गतिविधि, विकास र पत्रकारिता संग सम्बन्धित कानुनी पक्ष, प्रविधि र फोटोग्राफी, योजना तर्जुमा लगायतको विषयमा छलफल गरिने फाउण्डेशनका अध्यक्ष जीवन लामाले बताउनु भयो ।
कार्यशालामा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, नगरपालिकाका ई. सुरेश राउत, अधिवक्ता कृष्ण वस्नेत, नगरपालिकाका अधिकृत नारायण सेढाई, पत्रकारहरु चिरञ्जीवी मास्के, रमेश खतिवडा, जीवन लामा, केदार शिवाकोटी लगायतले बिभिन्न विषय प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
कार्यशालामा बिभिन्न मिडियामा कार्यरत पत्रकार, स्थानीय गौरीशङ्कर बहुमुखी क्याम्पस र कालिञ्चोक माविमा पत्रकारिता अध्यन गर्ने विद्यार्थी र बिभिन्न संस्थामा कार्यरत गरी ३५ जनाको सहभागिता रहेको जनाईएको छ ।

सम्बन्धित समाचार