काठमाडौँ/नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज आनन्दप्रसाद पोखरेलले लोकतान्त्रिक आन्दोलनका सहकर्मी शिक्षकहरुलाई सडकमा उर्तानु सान्र्दभिक नहुने भन्दै उहाँहरुको जायज माग पुरा गर्न सरकारसंग आग्रह गर्नु भएको छ ।
नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकले समेत समयमै शिक्षकहरुको माग पुरा नगरी लोकतान्त्रिक आन्दोलनका सहकर्मीलाई सडकमा उत्रन बाध्य बनाउने सरकारको कदम प्रति क्षोब प्रकट गरेको इन्चार्ज पोखरेलले बताउनु भयो ।
गठबन्धन सरकारले शिक्षकको स्वाभिमान र अधिकार कुण्ठीत हुने गरी प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक दर्ता गरेको छ, एमाले पोलिटब्युरो सदस्य पोखरेलले भन्नु भयो– यसबाट एकातिर लोकतान्त्रिक आन्दोलनका सहकर्मी लाखौ शिक्षकहरु सडकमा उत्रन बाध्य छन् भने अर्कोतिर विद्यार्थीको पढाई र शैक्षिक भविष्यमा प्रभाव परेको छ ।
एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज पोखरेलले तत्काल सार्थक बार्ताको माध्यमबाट शिक्षकहरुको जायज माग पुरा गर्दै पेशाकर्मीहरुलाई जिम्मेवारीपूर्ण ढङ्गले गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण बनाउन सरकारसंग माग गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्