दोलखा/नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक सभापति स्व. देवदास श्रेष्ठको १८ औ स्मृति दिवसको अवसरमा शाखाले कार्यालय परिसरमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा कार्यालय परिसरमा बिभिन्न प्रजातिका विरुवा रोपिएको शाखाले जनाएको छ ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशङ्कर चौलागाईको सभापतित्वमा सम्पन्न बृक्षारोपण कार्यक्रममा शाखाका पूर्व सभापति एवं प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य चिरञ्जीवी मास्के, शाखाको पूर्व अध्यक्ष उद्धव पोखरेल, जीवन लामा र शाखाका सचिव दिल बहादुर केसीले स्व. श्रेष्ठको योगदानको चर्चा गर्नुहुदै उहाँ प्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्