दोलखा/विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषीको सम्मान दिएको छ ।
दोलखाको तामाकोशी किनारमा अवस्थित चर्नावती धाममा जेठ पाँच गतेबाट १५ दिनसम्म सञ्चालन भएको देवी महात्म्य नवाह महायज्ञको अवसरमा संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषीको सम्मान दिईएको थियो । चर्नावती धाममा सञ्चालन भएको देवी महात्म्य नवाह महायज्ञको अवसरमा प्रदान गरेको नेपाल ऋषी सम्मानलाई अनुमोदन गर्दै विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषी घोषणा गरेको हो ।
विश्व हिन्दु महासंघले काठमाडौँमा आयोजना गरेको सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको लागि विश्व हिन्दु महासंघको भुमिका र चुनौती विषयक प्रवचन कार्यक्रमको अवसरमा संस्कृतविद् डा. गुरुङलाई उक्त सम्मान दिईएको हो ।
विश्व हिन्दु महासंघको अध्यक्ष अस्मिता भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संघिय सांसद पशुपति शम्सेर राणा, संस्कृतविद् डा. जगमान गुरुङ, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समाजसेवी शोभित उप्रेती, दिब्यध्वज कार्की लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्