दीपा थोकर
नेपाली समाजमा छाेरी मान्छेकाे जीवन सबैतिर एकनाशकाे छैन । किनकि अन्य देश झैं नेपाल पनि शहर र गाउँ तथा धनि र गरिब जस्ता विविधताले भरिएको देश हाे । तर एउटा कुरा समान धनी-गरिब वा शहर-गाउँतिर सबैमा के छ भने त्यहि एउटै परिवारमा पनि छाेरा र छाेरी बीच जन्मदेखि नै परिवारकाे फरक व्यवहार भने छ र त्याे आजीवन विभिन्न आयाममा देखा पर्छ ।
याे लेख महिलालाई पुरूष पिता, भाई/दाई वा श्रीमानकाे रूपमा जीवनमा जति आवश्यक छ, त्यतिकै पुरूषलाई पनि महिला आमा, दिदी/बहिनी तथा श्रीमतीकाे रूपमा उतीकै जरूरत छ, यी दुईटैकाे सम्मान भाषा, व्यवहार र साेच परिवर्तनले सम्भव छ र त्यसले नै एउटी छाेरी मान्छेकाे जीवनमा सुधार आई परिवार, समाजमा नै सुधार देखिनेछ भन्ने कुराे छाेटकरीमा उजागर गर्न चाहेकाे छ ।
बाबुकाे लागि बन्दुक तर नानीकाे लागि गुडिया
हाम्राे समाजमा जन्मदेखि नै छाेरा र छाेरीबिच परिवारबाट नै अर्थात् मानवबाट नै पूर्वमानसिकता अनुसार मान्छे जन्मँदा ईश्वरले निधारमा “तिमी छाेरा महान् र तिमी छाेरी अलि कम महान्” नलेखेकाे भएपनि अलि हुनेखाने परिवारमा के देखिन्छ भने समाजले ताेकिदिएकाे फरक लुगा त पहराइन्छ नै साथै खेल्ने खेलाैनाहरू पनि त्यहि सानाे बच्चाका लागि छाेराकाे हकमा “बलियाे” देखाउन “बन्दुक” जस्ता खेल्न दिईन्छ भने छाेरीलाई “कलिलाे/कमजाेर” देखाउनलाई भने “पुतली, पुष्प” आदि खेल्न दिईन्छ ।
भाषिक अन्तर त बाेली फुट्दादेखि आमाबुवाले सम्बाेधन गर्दा त्यतिकै हुन्छ । उदाहरणकाे लागि, हामी नै “छाेराछाेरी”, “नाेकर-नाेकरानी”, “राजारानी”, “श्रीमान्-श्रीमती” आदि लेखेर पुरूषलाई जहिलेपनि शुरूकाे स्थान र महिलालाई पछिकाे स्थान दिमागमा नै बसाएर दिन्छाैं । हामीले “छाेरीछाेरा, नाेकरानी-नाेकर, “रानीराजा”, “श्रीमती-श्रीमान्” पनि लेख्न र बाेल्न बराबरीरूपमा थाल्दा “दिमाग”मा पुस्ताैंदेखि बसेकाे अदृष्य विभेद हट्न सक्छ । जबकि धार्मिकग्रन्थ सनातन हिन्दूमै “रामायण” पढ्दा “समानता” दृखिन्छ जस्तै, “श्रीराम” जस्तै “श्रीसीता” पनि महिला-पुरूष सबैका लागि उल्लेखित छ तर हामी भने अदालतमा पुरूष तथा महिला दुवै न्यायमूर्तीका लागि “श्रीमान्” सम्बाेधन गर्छाैं, “श्री”मात्र लगाउँदा हुँदैन र ?
त्यस्तै, हामी जब “शिक्षक” सुन्छाैं भने “पुरूष” चित्रमात्र दिमागमा आउँछ जबकि “शिक्षक” महिलापनि हुन्छन् अर्थात्, महिला शिक्षकलाई बुझ्नलाई हामीले “शिक्षिका” गरि शब्दलाई नै स्त्रीलिङ्ग बनायाैं जुन हाम्राे मनमा बसेकाे पुरूषप्रधान समाजकाे द्याेतक हाे । त्यसैले आज chairman काे ठाउँमा chairwoman नबाेलीकन पूर्वाग्रहरहीत (biasfree/non-sexist) भाषा बनाउन chairperson बाेल्दा उपयुक्त हुन्छ । अर्थात्, साेचकाे खेल रहेछ सबै ।
समाजमा के देखिन्छ भने बुवा र आमाले पनि पितृसत्तात्मक साेच अनुसार छाेराले भाेली घरबाट बाहिर कमाएर घर-परिवार पाल्नुपर्ने “बाहिरिया outsider” बन्नुपरेकाेले बहादुर/नीर्भिक बन्नुपर्छ साेच्छाैं तर छाेरीले घरमा बसेर रह्नुपर्छ, विहेलाई राम्राे केटा चाहिन्छ भनेर उनलाई “भित्रिया insider” साेचेर बिस्तारै बाेल्न, सभ्य बाेल्न, चर्काे नबाेल्न र “राम्री केटी good girl” बन्न साैन्दर्यका सामानहरू दिन्छाैं, जवाफ नफर्काउन सिकाउँछाैं ! अर्थात्, “सभ्यता र सुन्दरता” काे नाउँमा उनकाे जिब्रो काटेर लाटी बनाउँछाैं हामी जबकि दिमाग उनकाे चलिरहेकाे हुन्छ ।
यसैकाे परिणाम हाे कि जहाँ छाेरीले घरकाे काममा, भाई/दाईकाे रेखदेखसहित काेठामा आामाकाे छाँया बन्नुपर्छ त्यहिं छाेराले बहिनी वा दिदीकाे प्रवाह नगरीकन जहाँपनि घर बाहिर खेल्छ, सीसा फुटाउँछ, ठूलाे भएपछि बाहिर ट्यूशन पढ्न जान्छ, जोसँगपनि जान्छ, जति ढिलाेपनि घर फर्कन्छ, जुत्तामाेजा बरन्डामै फाल्छ तर उता छाेरी “good girl समझदार नानी” ले यी केही गर्न पाउँदिनन् र दमित हुन्छिन्, दमित ईच्छा बाहिर आएर कुनै दिन केटी साथिसँगै पनि विद्यालयबाट फर्किंदा ५-१० मिनेट खेल्नमा भयाे भने विभिन्न शंकाउपशंका उनकाे “हर्कत” मा उठ्छ, जुन “हर्कत” नभई उनकाे बाल्य अधिकार हाे ।
छाेरीलाई क्याम्पस/कार्यालयपनि समतामूलक भएन
यहाँनेर छाेटकरीमा के भन्न खाेजिएकाे हाे भने घर, परिवारमा अभिभावकहरू हरेक परिवारमा संवेदनशील र साक्षर नहुनु स्वभाविक हाे तर विद्यालयपछि आउने क्यामपस र कार्यथलाेपनि अदालत आदि जस्तै महिलाप्रति सम्वेदनशील व्यवहारत: देखिंदैन । अचेल साेसल मीडियाकाे प्रभावले अलि चेतना आएपनि केहिमात्र दशक अघि त्याे चेतना देखिंदैनथ्याे । उदाहरणका लागि, आज बिजुलीकाे खम्बामाथि चढ्नेजस्ताे काम (cowboy) केबल पुरूषले नगरेर महिलापनि देखिन्छन् जस्तै कि बस-ट्रक-टेम्पाे चालकमा महिला देखिन थालेका हुन् । कुनै समय केही वर्ष अघि नेपाल-भारतमा यस्ताे थियाे कि छाेराका लागि गणित, भाैतिकशास्त, ईञ्जिनियरिङ् जस्ता “दिमाग” लाग्ने विषय पढ्न विषय राजाईन्थ्याे भने छाेरीकाे लागि जनसंख्या अध्ययन, सामाजिक विज्ञान, संस्कृति, ईतिहास, भाषाका विषयहरू “सजिलाे” हुन्थे ताकि छिट्टाे पढाइ सकाएर “बिहे” बेलैमा गर्न पाउने छिन्, “ब्याक नलागिकन” !
त्यस्तै, कार्यस्थलमा छाेरा मान्छेले कार्यालयकाे सिईओ, व्यवस्थापक आदि बन्ने “दिमाग” राख्थ्याे भने छाेरीचाहिं “रिसेप्शनिस्ट”मा “पूरा” फिट् हुन्थ्याे भने बढीमा “सेक्रेटरी” अंग्रेजी भाषामा लेख्दा तर व्यवहारमा भने “नीजि सचिव अर्थात्, Personal Assistant, PA” मा फिट हुन्थ्याे । तर आज दिमाग नै हावामा उड्न गएर व्यापक परिवर्तन समाजमा आएकाे देखिन्छ किनकि जुन विषय जाे पनि पढ्छन् आज भने जुन पदमा पनि महिलाले पनि देशमा मात्र नभई विदेशमा पनि सम्हाल्न “बाहिरिया” भएरै जान्छिन् ।
बुझ्नु के छ भने, जुन उच्च संस्कारकाे कुरा हामी छाेरीमा हुनुपर्छ, अनुशासित हुनुपर्छ भन्छाैं, सिकाउँछाैं, त्यहि संस्कार छाेरामा पनि भाेली ठूलाे भएर विवाहित हुँदा देखाउने जस्ताे हुनुपर्छ । विवाह अघि वा पछि कुनै काम विशेषले वा त्यतिकै छाेरीले समयमा घर/काेठा नपुग्दा जति शंका र सवाल साेधिन्छ त्यतिकै छाेरामाथि पनि साेधिनुपर्छ कि कुन केटीसँग तिम्राे यति समय बित्याे ? कहाँ थियाै तिमी अहिलेसम्म ? काेही केटीकाे सम्मान कतै तिम्राे कारणले खत्तरामा त छैन ? आदि । अर्थात्, भाेलि काम विशेषले विवाहिता नारी सूचना दिएर अभिभावकसँग वा अन्य नारीसँग नै कार्यस्थलबाट समूह वा एक्लै अलि ढिलाे घर फर्किन् भने सामन्यरूपमा जान्न, साेध्न सकिने, अशंकालु समझदार श्रीमान् बन्नु आजकाे अपरिहार्य कुराे हाे ।
उपसंहार
शारीरिक बनावट फरक भएपनि छाेरा-छाेरी बीच कुनै दक्षता, क्षमता कम वा बढी हुनु साेच्नु मनाेवैज्ञानिक र सयाैं पुस्तादेखि हाम्राे समाजमा हुने महिला र पुरूष दुवैकाे मनमा बसेकाे “पुरूषप्रधान साेच”का अवशेषहरू मनाेवैज्ञानिकरूपमा बसेकाकाे परिणाम हाे । महिलाप्रति हुने विभेद मनाेवैज्ञानिक, भाषिक, व्यवहारिक आदि पाटाेमा छन् । जन्मँदा भने प्रकृति र ईश्वरले समानरूपमा उहि क्षमताकाे साथ धर्तीमा पठाउँछन् । शारीरिक विविधता कमजाेर/बलियाे जस्ताे विभेदकाे स्राेत नबनी हाम्राेलागि प्रकृतिकाे सुन्दर विविधताकाे रूपमा लिईनुपर्छ । कुन विषय पढ्ने भने राेजाई परम्परागत पुरूष-महिला बीचकाे मानसिक शंकालु विभेदले नभई विद्यार्थीकाे स्वईच्छा वा आर्थिक स्थितिले तय गरिने हाे ।
आजकाे गणतान्त्रिक अर्थात्, समावेशी-समानुपातिक तथा समता समाजकाे अवधारणामा महिलाले क्षमता अनुसार आफ्नाे पूर्ण अधिकार सदुपयाेग बराबरीरूपमा पुरूषजति गर्ने हाे । विविधता हटाऊ, समानता ल्याउनुका अर्थ महिलाले विगतमा भएका घट्नाहरूमा पुरूष दाेषी जतिलाई दुश्मन मानेर बदला लिने हाेइन अपितु विभेदलाई शिक्षा, सञ्चार, कानून आदिकाे मद्दतले धनी-गरिब, शहर-गाउँ जुन परिवारकाे पनि छाेरा र छाेरीबाट हटाउनुपर्छ । मलाई लाग्दछ कि घरपरिवार र शिक्षालयबाट नै gender biased अर्थात्, लैंगिकविभेद भाषालाई ध्यानदिंदै पूर्वाग्रहरहित (biasfree) भाषा प्रयाेग हामीले गर्न थाल्याैं भने हाम्रै पुस्ताका वास्नाले देश-दुनियाँमा चाँडै परिवर्तन ल्याउन सक्छ ।
श्रीमान्-श्रीमतीबीचकै सामान्य र सुमधुर सम्बन्ध आपसी विश्वास तथा पारदर्शीता दुवैले अपनाए सुखद हुने देखिन्छ र याे धेरै परिवारमा भई रहेकाेपनि छ । छाेरीमाथि प्रश्न साेधिने छाेरामाथि पनि र श्रीमतिलाई सवाल साेध्नेले आफ्ना पनि व्यवहार (whereabouts) बताउने हिम्मत नढाँटेर बराबरी तथा सम्मानजनकरूपमा स्थिर भई राख्याैं भने समाज मानवताकाे तर्फ तथा ईश्वरले समानताकाे बराबरी हक दिएर पठाएकाे सपना व्यवहारत: पूर्ण हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्