दोलखा/ जिपि कोईराला फाउण्डेशन दोलखाले शिखर पुरुष स्व. गिरिजाप्रसाद कोईरालाको १०० औ जन्म शताब्दिको अवसरमा दोलखाको गौरीशङ्कर बालगृहमा रहेका बालबालिका, आमाको माया छात्रावासमा रहेका बालबालिका र शारिरीक तथा मानसिक रुपमा फरक क्षमता भएका मानिसलाई पानी तताउने जग, थर्मश तथा स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ ।
फाउण्डेशनले समाजसेवी शारदा उप्रेती घिमिरेले आफ्नो स्वर्गिय अभिभावक सोमकुमारी– कासिनाथ उप्रेतीको स्मृतिमा फाउण्डेशनलाई उपलब्ध गराएको एक लाख रुपैया रकमबाट ती सामाग्रीहरु खरीद गरी हस्तान्तरण गरेको जनाएको छ ।
फाउण्डेशनले शारिरीक तथा मानसिक रुपमा फरक क्षमता भएका ३५ जनालाई पानी तताउने जग र थर्मश एक÷एक थान, गौरीशङ्कर बालगृहका २२ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री, तीन थान पानी तताउने जग र थर्मश तथा दुई वटा भलिबल र आमाको माया छात्रावासका नौ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री, दुई वटा भलिबल तथा दुई थान पानी तताउने जग र थर्मश उपलब्ध गराएको कार्यक्रम संयोजक राजन वस्नेतले बताए । भलिबल भने पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशङ्कर चौलागाईले उपलब्ध गराएको वस्नेतले बताए ।
जिपि कोईराला फाउण्डेशन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, समाजसेवी शारदा उप्रेती घिमिरे, दोलखा बैतेश्वर गाँउपालिकाका उपप्रमुख कल्पना उप्रेती, प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशङ्कर चौलागाई, नेपाली कांग्रेसको नेतृ गिता शिवाकोटी, युवा समाजसेवी राजेश उप्रेती र कार्यक्रम संयोजक राजन वस्नेतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्