कला / साहित्यपत्रपत्रिकाबिचार / ब्लग

शनिवारकाे साहित्य

गित

सम्राट चौलागाई
हरेक विहानी तिमीलाई, नयाँ देख्ने मन छ
जीवनको अन्तिम मोडसम्म, संगै हिड्ने मन छ ।

श्रब्य श्रृङ्गार, चौबन्धिमा सजिएकी तिमी
लाज मान्दै परैबसी, टोलाउने मिमी
त्यही मनको ब्यथा, आफैतिर तान्न पाए
अङ्गालोमा न्यानो छर्दै, संगै जिउन पाए ।

मेरो खुशी तिमीलाई, तिम्रो पीडा लिन मन छ
जीवनको अन्तिम मोडसम्म, संगै हिड्ने मन छ ।

कर्मर मर्काई मलाई, जिस्काउने तिमी
संगै बसी नखराले, रुवाउने तिमी
दिलको स्वाद, मनको रस पिउन पाए
रोग व्यथा दुबै मिलि, सधै बाड्न पाए

तिम्रो गितमा शब्द भर्दै सुनाउने मन छ
जीवनको अन्तिम मोडसम्म, संगै हिड्ने मन छ ।

गजल     

हरि प्नरसाद गाैतम

फुर्किन धन कमाएँ भनेर

दुई दिन अति रमाएँ भनेर

समाजमा देन के के दियौ

सोच कस्लाई सताएँ भनेर

घमण्डको चाङ छ तिमीमा

गर्ब छ अर्को दबाएँ भनेर

भिड भित्रको गुमनाम बन्छौ

कुर्लिन्छौ भिड भगाएँ भनेर

आँखा चिम्लेर रात पर्यो भन्नू

उस्तै हो रिसले लजाएँ भनेर

सम्बन्धित समाचार