अन्तरास्ट्रियखेलकुदमुख्य समाचारसमाचार

‘डाउन हिल’ माउण्टेन बाईक प्रतियोगीतामा हिमालय सिंगल प्रथम

दोलखा/दोलाखमा पहिलो पटक ‘डाउन हिल’ माउण्टेन बाईक रेस प्रतियोगीता आयोजना गरिएको छ । गणतन्त्र दिवसको अवसरमा दोलखाको भीमश्वर नगरपालिकाको सहयोगमा यति ओरिजिन्सले प्रतियोगीताको आयोजना गरेको हो ।
प्रतियोगीतामा स्वदेशी तथा विदेशी गरी १० समूहमा ४० जना राईडर रहेको प्रतियोगीतामा प्रथम हिमालयन सिंगल ट्रयाक, द्धितिय टिम कोमोसन र तृतिय टिम कमेन्सल भएको आयोजक यति ओरिजन्सका अध्यक्ष रुपेशमान श्रेष्ठले बताउनु भयो । टिम इभिण्टमा प्रतिशप्रर्धा गराईएको प्रतियोगीतामा लेडिज राईडर, इलिड राईडर र एम्याच्योर राईडर अनिर्वाय सहभागि गराउनु पर्ने प्रावधान राखिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
सोमवार विहान १०ः३० बजे कालिञ्चोकको तीन हजार सात सय मिटरको उँचाईबाट सुरु भएको ‘डाउन हिल’ माउण्टेन बाईक रेस प्रतियोगीता करिब १२ बजे नागदह– तामाकोशीको आठ सय मिटरको उँचाईमा पुगेर सकिएको थियो ।
प्रतियोगीताको क्रममा चार ठाँउमा राईडर परिर्वतन गरेर ३० किलोमिटरको दूरी पार गरिएको थियो । पहिलो कालिञ्चोकबाट गैरीसम्म, दोस्रो गैरीबाट भ्यु– टावरसम्म, तेस्रो भ्यु– टावरबाट दोलखा बजारसम्म र चौथो दोलखा बजारबाट नागदह तामाकोशीसम्मको लागि राईडर परिर्वतन गरिएको थियो ।
धार्मिक, सांस्कृतिक र पर्यटकीय सुन्दरताले महत्वपूर्ण दोलखालाई एडभेन्चर हवको रुपमा विकास गर्न ‘डाउन हिल’ माउण्टेन बाईक रेस प्रतियोगीता आयोजना गरिएको र यो सफलता पूर्वक सम्पन्न भएको आयोजक यति ओरिजन्सका अध्यक्ष रुपेशमान श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित समाचार