दोलखा/नेकपा माओवादी केन्द्रका नेता एवं पुर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनु भएको छ । शनिवार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेका बृहत् शैक्षिक सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नु हुर्दै पूर्व मन्त्री पोखरेलले शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर त्यसलाई प्रयोग गर्नसकेमात्रै सिंगो देश समृद्ध हुने बताउनु भयो ।
कार्यक्रममा पूर्व विद्यार्थी नेता एवं समाजवादी शिक्षाका अध्ययता लेखनाथ न्यौपानेले समाजवाद उन्मुख शिक्षाको मोडल र गन्तव्यका बारेमा जानकारी गराउनु भएको थियो भने शिक्षाविद् राजकुमार बरालले सामुदायिक विद्यालयमा वर्तमान शैक्षिक सुधारका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा रामेछापको डहु मावि र चितवनको नारायणी माविका तर्फबाट सामुदायिक विद्यालयमा भएका असल अभ्यास सम्बन्धि प्रस्तुती समेत गरिएको थियो । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा कार्की, बागमती प्रदेशका पुर्व मन्त्री विशाल खड्का, जिल्ला समन्वय समिती दोलखाका प्रमुख बजुराम घतानी, शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सचिव राम बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्