कला / साहित्यबिचार / ब्लगयो पनि

बिन्द्राबनकाे अधेरीमा

सम्राट चाैलागाई

त्यो तस्बिरमै भए पनि, चन्द्रमा चम्किएको भान भो

नाटककै पात्र भए पनि, तिम्रै अघि लम्किएको शान भो ।

जुनि त एउटा हो, अर्को त के थाहा

बाच्नु र बचाउनु नियमको खेल

चुट्की बजाउदै जीवन सकिएको भान भो ।

नजिकै तिमी छौ र पो साथ पाए झै लाग्यो मलाई

बिन्द्राबनकाे अधेरीमा एक्लै हराए झै लाग्यो मलाई

चर्नु- चराउनु अदभूत भोको छु

बिताई हासो र पीडाको साथमा

खाली पेट भए पनि तिमिसङ्ग अघाएको ज्ञान भो ।

सबेरै शीतको थोपा पनि जिस्किन्छ रे पानीसंग

नजाने पनि भित्र मनको माया छ तिमि र म संग

अठोट लिई पछि नहट्ने संघर्ष गर्दै

कोईलामा पनि अलिकती हिरा खोज्दै

बटारिएका तिम्रा नजरमा माया भको बयान भो ।

सम्बन्धित समाचार