दोलखा/सदरमुकाम चरिकोटमा नीजि लगानिमा सञ्चालित च्छो– रोल्पा जनरल अस्पतालले ट्रमा युनिट सञ्चालनमा ल्याएको छ । शनिवार बागमति प्रदेश सभाका सदस्य भरत बहादुर केसीले युनिटको उद्घाटन गर्नु भएको थियो ।
जिल्ला अस्पतालहरु मा पहिलो पटक शुरु गरिएको ट्रमा युनिटबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शुरेस थापा सहितको टोलीले सेवा प्रवाह गर्ने अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । च्छो–रोल्पा अस्पतालमा सञ्चालन गरिएको ट्रमा युनिटबाट हाड जोर्नी सम्वन्धि सामान्य तथा जटिल प्रकृतिका शल्यक्रिया हाडमा राखिएको पाता वा तार निकाल्ने सुविधा जोर्नीमा सुई लगाउने, भाँचिएको ठाउँमा प्लाष्टर लगाउने, तन्तु वा नसाहरु रिपियर गर्ने गाडि दुर्घटना, प्रकृति प्रकोप वा घरेलु हिंसाबाट प्रभावित भई लागेको चोट पटकको उपचार लगायत सम्पूर्ण समस्याको सहज तरिकाले उपचार गरिने डाक्टर दंगालले बताउनु भयो । अस्पतालका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न ट्रमा युनिट उद्घाटनको अवसरमा दोलखाका प्रहरी प्रमुख दिपक खड्का, नेपाल वार एशोसिएसन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरे, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शुरेस बहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रमको अवसरमा इन्डोस्कोपी विशेषज्ञ डाक्टर रोमी दहालबाट २० जनाले ईन्डोस्कोपी सेवा लिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्