खेलकुदबागमतीशिक्षास्वास्थ्य

छात्राहरुलाई आत्मरक्षा तालिम

दोलखा/छात्राहरुको आत्मवल र आत्मविश्वास बढाउदै आफ्नो सुरक्षा आफै गर्न सक्ने बनाउन जिल्ला युवा समिति दोलखाले आत्मरक्षा सम्बन्धि तालिम सञ्चालन गरेको छ ।
जिल्ला युवा समितिले दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर– ४ मा रहेको हनुमन्तेश्वर माध्यामिक विद्यालयमा दुई दिने आत्मरक्षा सम्बन्धि तालिम सञ्चालन गरेको अध्यक्ष भरत रोन श्रेष्ठले बताउनु भयो ।
तालिममा विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्यन गर्ने ४० जना छात्राको सहभागिता रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । तालिमको क्रममा उनीहरुलाई आत्मरक्षाका बिभिन्न तरीकाहरुको बारेमा सैद्धान्तिक एवं व्यवहारीक ज्ञान दिईएको समितिले जनाएको छ । सहभागि छात्राहरुलाई प्रशिक्षक द्वय गायत्री शिवाकोटी र बिन्दा थापाले आत्मरक्षाका सैद्धान्तिक एवं व्यवहारीक पक्षको बारेमा जानकारी गराएका थिए ।
बैतेश्वर गाँउपालिका वडा नम्बर– ४ का वडा अध्यक्ष कुमार चौलागाईले छात्राहरुलाई मानसिक एवं शारिरीक रुपमा सक्षम बनाउन तालिम निक्कै उपयोगी रहेको उल्लेख गर्नुहुदै तालिमलाई विद्यालय बाहिरका किशोरीहरु सम्म विस्तार गर्नु आवश्यक रहेको बताउनु भयो ।

सम्बन्धित समाचार