जिरी, दोलखा/प्रधानमन्त्री पुष्पकमल दहालले आगामी बजेटमा कृषि र उत्पादन मूलक क्षेत्रमा जोड दिईने बताउनु भएको छ । दोलखाको जिरी नगरपालिका वडा नम्बर २ मालिमा पूर्ननिर्माण गरिएको ङ्याग्युर येश्ये ख्युङ्जोङलिङ (यलुङ) गुम्बा उद्घाटनको अवसरमा प्रधानमन्त्री दहालले उक्त कुरा बताउनु भएको हो ।
प्रधानमनत्री दहालले अहिले मुलुकमा रेमिटेन्स सहज भएको र बैङ्कको तरलता समेत सहज भएको बताउनु भयो । उहाँले बैङको तरलता सहज भएकोले केही दिन भित्रै ब्याजदर घट्ने र मुलुकको आर्थिक अवस्था लयमा फर्कने विश्वास व्यक्त गर्नु भयो ।
अहिलेको आर्थिक समस्या अब विस्तारै समाधान हुदैजाने छ किनभने अब मुलुकमा बैङ्कको तरलता सहज बनेको छ र रेमिटेन्स पनि सहज भएको छ – प्रधानमन्त्री दहालले भन्नु भयो । उहाँले दोलखाको जिरी– माली– श्यामा सडक कालोपत्रे गरेर पर्यटकीय विकासमा सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
कार्यक्रममा दोलखाबाट निर्वाचित संघिय सांसद गंगा कार्की, नेपाली कांग्रेसका नेता जीपछिरीङ लामा, बागमति प्रदेशका पूर्व मन्त्री विशाल खड्का, जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, गौरीशङ्कर गाँउपालिकाका प्रमुख विश्वास कार्की, शैलुङ गाँउपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
तस्विर साैजन्य- दिल बहादुर केसी/केन्द्रज्याेती खड्का
प्रतिक्रिया दिनुहोस्