समाचारसुचना

अधिकारकर्मी वस्नेत पुरस्कृत

दोलखा/मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले संस्थापक स्व. पशुपति चौलागाईको स्मृतिमा स्थापना गरेको स्व. पशुपति चौलागाई स्मृति मानव अधिकार, सामाजिक सेवा पुरस्कार– २०७९ नागरिक अभियन्ता एवं कानुन व्यवसायी कृष्ण बहादुर वस्नेतलाई प्रदान गरेको छ ।
संस्थाको ३१ औ बार्षिकोत्सवको अवसरमा विहिवार वस्नेतलाई उक्त पुरस्कार प्रदान गरिएको हो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले वस्नेतलाई नगद सहित उक्त पुरस्कार प्रदान गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष उद्धव पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समन्वय प्रमुख बर्जुराम घतानी, दोलखाको तामाकोशी गाँउपालिकाका प्रमुख प्रोण प्रताप केसी, प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल बार एशोसीयसन दोलखाका अध्यक्ष एवं पुरस्कृत नागरिक अभियन्ता कृष्ण बहादुर वस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, संस्थाका पूर्व अध्यक्ष होम प्रसाद पाठक, कार्यकारी निर्देशक सुन्दर लामिछाने, ग्रामीण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुरुर्षाथ श्रेष्ठ, सिंचाई महासंघका महासचिव शम्भु प्रसाद दुलाल र गैर सरकारी संस्था महासंघका सचिव दिल बहादुर केसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साधारसभाको अवसरमा संस्थाका संस्थापक स्व. पशुपति चौलागाई र संस्थाका कार्यक्रम प्रमुख स्व. शेर बहादुर भुजेल प्रति श्रद्धा– सुमन अर्पण गरिएको थियो ।

सम्बन्धित समाचार