दोलखा/दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छो– रोल्पा जनरल अस्पतालमा भारतको सिक्कीमबाट उपचारको लागि आएको एक महिलाको न्युन शुल्कमा चार ओटा शल्यक्रिया गरिएको छ ।
आर्थिक अभावको कारण सिक्कीममा उपचार गर्न सम्भव नभएपछि बुबा कृष्णबहादुर वस्नेतको सहयोगमा च्छो– रोल्पा जनरल अस्पताल आउनु भएको बैतेश्वर – ३ कि सरीता खड्काको एमडिजिपि डा. बिनो दंगालको टिमले न्युन शुल्कमा चार वटा शल्यक्रिया गरेको हो । बुबा कृष्णबहादुरले अस्पतालका एमडिजिपि डा. बिनोद दंगालसंग उपचारको बारेमा कुराकानि गरेपछि सरीतालाई नेपाल बोलाएका थिए ।
सुरुमा सरिता पाठेघरको शल्यक्रिया गर्न च्छो–रोल्पा जनरल अस्पताल आउनु भएको थियो । परिक्षणको क्रममा सरितामा एकै पटक चार ओटा शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको डा. बिनोद दंगाल बताउनुहुहन्छ । सरितालाई पाठेघरको समस्यासंगै एपेन्डिसाईटिस, अण्डासयमा डरमोयड सिस्ट, अण्डा टुईस्टेट ओभरिएन सिष्ट लगायतको समस्या देखिए पछि एकै पटक चार ओटा शल्यक्रिाय गर्नु परेको डा. दंगालले बताउनु भयो ।
श्रीमानसंग मजदुरीको लागि भारतको सिक्कीम पुग्नु भएको सरीतालाई एक बर्ष अघिदेखी ढाड, पेट दुख्ने समस्या सुरु भएको थियो । दुखाई बढेपछि सिक्कीमकै केही अस्पतालमा देखाएको र पाठेघरसंगै जण्डीसको समेत समस्या देखिएपछि चार दिन अस्पताल भर्ना भएर उपचार समेत गर्नु भयो ।
अस्पतालले पाठेघरको शल्यक्रिया गर्नुपर्ने सुझाब दिएको थियो । सिक्कीममै शल्यक्रिया सहितको उपचार गर्दा झण्डै भारतिय रुपैया तीन लाख लाग्ने जानकारी पाएपछि सरीताले खर्च जुटाउन बुबालाई खबर गरेकी थिईन् ।
दोलाखमा रहेका बुबा कृष्णबहादुरले चिनजानका आफन्तसंग सल्लाहगर्दा च्छो– रोल्पा जनरल अस्पतालमा डा. बिनोद दंगालले न्युन शुल्कमा राम्रो उपचार सेवा दिने जानकारी पाएपछि उनले छोरीलाई चरिकोट बोलाएका थिए ।
न्युन शुल्कमा आफ्नै जिल्ला सदरमुकाममा रहेको अस्पतालले राम्रो उपचार सेवा दिएको भन्दै सरीताका श्रीमान रामजी खड्काले खुशी व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्