दोलखा/दोलखाको प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका भरत बहादुर केसी विजय िभएका छन् । उनले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बर्मा लामालाई एक हजार आठ सय १९ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचित भए लगतै नेकपा एमाले दोलखाले आयोजना गरेको विजय सभामा केसीले प्रदेश सरकारलाई स्थानीय सरकार मैत्री बनाउन आफुले भुमिका खेल्ने बताउनु भयो । उहाँले दोलखाको विकास र समृद्धि अभियानमा आफ्नो नेतृत्वदायी भूमिका रहने बताए ।
निर्वाचनमा एमालेका उम्मेदवार केसीले १९ हजार चार सय १४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरेका थिए । प्रदेश सभा ‘ख’ मा एमालेबाट निर्वाचित केसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाका नगरप्रमुखमा निर्वाचित भएका थिए ।
प्रदेश सभा ‘ख’ मा पराजित बर्मा लामा नेपाली कांग्रेस दोलाखको सभापति हुन् । लामाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो पराजयमा नेपाली कांग्रेसको माथिल्लो तहको नेताहरु जिम्मेवार रहेको भन्दै कार्वाहिको चेतावनी दिएका छन् । प्रदेश सभा ‘ख’ मा ४२ हजार तीन सय ६६ मत खसेकोमा एक हजार पाँच सय ७६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्