दोलखा/भोली आईतवार (मंसिर ४ गते) हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समग्र तयारीको विषयमा अनुगमन गर्न शनिवार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी, सचिव गोकर्णमणी दुवाडी, गृह सचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दोलखा आउनु भएको छ ।
दोलखाको अति संवेदनसिल मतदान केन्द्र मानिएको बैतेश्वर गाँउपालिकाको गैरीमुदी र मिर्गे मतदान केन्द्र तथा तामाकोशी गाँउपालिकाको मतदान केन्द्रहरुको हवाई निरीक्षण गरेको आयुक्त भण्डारी लगायतको उच्च स्तरीय टोलिले मेलुङ गाँउपालिकाको वडा नम्बर ६ मेलुङ मतदान केन्द्रको भने स्थलगत अनुगमनको साथै आवश्यक निर्देशन समेत दिएको थियो ।
आयुक्त भण्डारी सहितको उच्च स्तरीय टोलिमा दोलखाको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा समेत सहभागि हुनु भएको थियो ।
मेलुङ मतदान केन्द्रमा स्थलगत अनुगमनको क्रममा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी लगायतले मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुलाई आवश्यक निर्देशन दिनु भएको र स्थानीयलाई निर्भरतापूर्वक मतदान गर्न तथा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोगको आग्रह गर्नु भएको मेलुङ गाँउपालिकाका प्रमुख हिरा थोकरले बताउनु भयो ।
दोलखा जिल्लामा ९४ वटा मतदान केन्द्र रहेकोमा २१ वटा मतदान केन्द्रलाई अति संवेदनसिल मतदान केन्द्र मानिएको छ । निर्वाचन प्रयोजनको लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र म्यादी प्रहरी गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाईएको छ । निर्वाचनको लागि सुरक्षाकर्मी र कर्मचारीहरु समेत गरी तीन हजार सात सय ६६ जना परिचालन गरीएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनु भयो ।
जिल्लामा सुरक्षा अवस्था लगायत निर्वाचन सम्बन्धि सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकार िभोजराज खतिवडाले बताउनु भयो ।
आयुक्त भण्डारी सहितको उच्च स्तरीय टोलि दोलखा पछि रामेछाप र काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन अवस्थाको बारेमा अनुगमन गरी राजधानि फर्कीएको छ ।
प्रतिक्रिया दिनुहोस्