बागमतीमुख्य समाचारसमाचार

१७ दिन देखि बेपत्ता वस्नेत मृत भेटिए

दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याममा डुङ्गाबाट खसेर बेपत्ता भएका रामेछापका रमेश बस्नेतको शव बुधवार फेला परेको छ ।
नासा जलविद्युत कम्पनीको स्वामित्वमा निमार्णाधिन लप्ची खोला जलविद्युत आयोजनामा सवारी चालकको रुपमा कार्यरत रामेछाप उमाकुण्ड गाँउपालिका वडा नम्बर १ का २८ बर्षिय वस्नेत गत साउन २३ गते लप्ची खोला जलविद्युत आयोजनामा काम गरेर डुङ्गाबाट फर्कने क्रममा माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको ड्यामको पानीमा खसेर बेपत्ता भएका थिए ।
डुङ्गा रोक्ने क्रममा रुखमा ठोकीदा वस्नेत ड्यामको पानीमा खसेर १७ दिन देखि बेपत्ता भएको र बुधवार नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले खोजतलासको क्रममा वस्नेतको शव भेटेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तमाङले बताउनु भयो । वस्नेतको परिवारले दिएको हुलियाको आधारमा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार