मुख्य समाचारराजनितिसमाचार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमालेका लागि कुमार आचार्य निर्विकल्प

काठमाडौ : नेकपा एमालेले देशभरी नै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने प्रयास गरिरहेको छ।
अधिकांश ठाउँमा सर्वसम्मतमा उम्मेदवार टुंगो लगाउँने कोसिस एमालेका छ । केही स्थानीय तहमा सर्वसम्मतमा उम्मेदवार टुंगो लागिसकेको छ।
खोटाङको साविकको सदरमुकाममा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामापनि सर्वसम्मत उम्मेदवार चयन गर्ने प्रयास भइरहेको नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्यले जानकारी दिनुभयो।
एमालेको केन्द्रीय कमिटीले वडा अध्यक्ष र सदस्य नगर कमिटीको शिफारिसमा जिल्ला कमिटीले, नगर र गाउँपालिकाको जिल्ला कमिटीको अन्तिम शिफारिसमा प्रदेश कमिटीले र उपमहानर र महानगरपालिकाको उम्मेदवार प्रदेश कमिटीको अन्तिम शिफारिसमा केन्द्रीय कमिटीले टुंगो लगाउँने नीति अख्तियार गरेको छ।
उक्त नीति रहेपछि तल्लो मातहत कमिटीबाट नै सर्वसम्मतमा उम्मेदवार चयन गर्ने प्रयास जारी रहेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदमा अहिले कुमार आचार्य निर्विकल्पु जस्तै रहनुभएको छ।
उहाँ जिल्ला कमिटी सचिव समेत हुनुहुन्छ ।हालका निर्वाचित मेयर दिपनारायण रिजालले फेरी नदोहोरिने निर्णय गरेपछि आचार्यको नाम अघि आएको हो।
उहाँको नाममा सर्वसम्मत गर्ने प्रयास भइरहेको एक नेताले जानकारी दिनुभयो। गत निर्वाचनमा उक्त नगरपालिका नेकपा एमालेले शानदार विजयी हासिल गरेको हो। विगतको विरासत बचाउँन र अहिलेको पाँच दलीय गठबन्धनलाई पराजित गर्नपनि आचार्य अपरिहार्य भएको नेताहरुको बुझाई छ।
उक्त नगरपालिकामा आचार्यहरुको बाहुल्यता छ । व्यवसायीक पृष्ठभूमिका आचार्य बजारमा रहेका नेवार समुदायमापनि उत्तिकै प्रख्यात हुनुहुन्छ । सबै वडामा छरिएर रहेका बहुसंख्यक राई समुदायलेपनि उहाँलाई जिल्लाको सिनियर राजनीतिज्ञको रुपमा साथ दिन्छ।

सम्बन्धित समाचार