बागमतीमुख्य समाचारराजनितिसमाचार

बागमती प्रदेश कमिटीकाे आयाेजनामा निर्वाचन अभिमुखीकरण कार्याक्रम

काठमाडाै/नेकपा (एमाले) बागमती प्रदेशले १३ जिल्ला कमिटी, विशेष जिल्ला कमिटी र सम्पर्क समन्वय कमिटीका निर्वाचन कमिटी प्रतिनिधिहरुका लागि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरुद्वारा निर्वाचन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ग¥यो ।
नेकपा (एमाले)को देश व्यापी रुपमा हुन गईरहेको प्रदेश र जिल्ला अधिवेशनलाई केन्द्रमा राखी पार्टीको आन्तरिक निर्वाचन प्रणाली, निर्वाचन प्रकृया र निर्वाचन कमिटीको भूमिकाको बारेमा केन्द्रीय निर्वाचन आयोगका सदस्यहरु महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल र विमला वि.क.ले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा हरेक जिल्लाबाट कम्तीमा ३ देखी ५ जना र विशेष जिल्ला कमिटी र सम्पर्क समन्वयका प्रतिनिधिहरु सहितको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष केशबराज पाण्डेले अधिवेशनको सम्बन्धमा आफ्ना भनाईहरु राख्नु भयो । कार्यक्रममा उपसचिव महेश बतौलाले उदेश्यबारे जानकारी दिनु भएकाे थियाे ।

सम्बन्धित समाचार