बागमतीमुख्य समाचारस्वास्थ्य

चरिकोट अस्पतालको नाम परिवर्तन, अब पशुपति चौलागाई स्मृति अस्पताल

१ असार, चरिकोट


दोलखा सदरमुकाम स्थित चरिकोट अस्पतालको नाम आजबाट परिवर्तन भएको छ । बागमती प्रदेश सभाले यो अस्पताललाई तत्कालीन वागमती प्रदेश सांसद पशुपति चौलागाइको स्मरण गर्दै नामाकरण गरेको हो । अस्पतालको स्तरोन्नति र क्षमता विकासका लागि निकै ठूलो योगदान गर्नुभएका चौलागाईको नामलाई स्मरणीय गराउन यस्तो निर्णय गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिनुभयो ।


मन्त्री बस्नेतले यस बर्ष नै अस्पतालको उल्लेख्य परिवर्तन हुनेगरी बजेट बिनियोजन गर्ने समेत बताउनु भयो । यो अस्पताल वागमती प्रदेश मातहत पर्ने र ब्यवस्थापनको जिम्मा भीमेश्वर नगरपालिकाका प्रमुख भरत ब.केसीको नै भएकाले छोटो समयमा अस्पतालको मुहार फेरिन सक्ने स्थानीय बासिन्दाहरु बताउँछन् ।

सम्बन्धित समाचार