बागमतीमुख्य समाचारसमाचारस्वास्थ्य

दोलखामा थपिए ७७ जना संक्रमित

दोलखा/दोलखामा साेमवार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा दुई सय १८ जनाको स्वाव परिक्षण गरिएकोमा ४८ जना पुरुष र २९ जना पुरुष गरी ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएकाहरुमा भीमेश्वर नगरपालिकाका ११ जना पुरुष र दुई जना महिला गरी १३ जना, विगु गाँउपालिकाका एक जना पुरुष र दुई जना महिला गरी तीन जना, तामाकोसी गाँउपालिकाका १७ पुरुष र १३ महिला गरी ३० जना, बैतेश्वर गाँउपालिकाका छ जना पुरुष र पाँच जना महिला गरी ११ जना, मेलुङ गाँउपालिकाका एक जना पुरुष, कालिञ्चोक गाँउपालिकाका तीन जना पुरुष र तीन जना महिला गरी छ जना, जिरी नगरपालिकाका नौ जना पुरुष र तीन जना महिला गरी १२ जना तथा शैलुङ गाँउपालिकाका एक महिला रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
साेमवार शैलुङ गाँउपालिकाका चार जना, तामाकोसी गाँउपालिकाका चार जना र विगु गाँउपालिकाका सात जना गरी १५ जना कोरोना संक्रमण मुक्त भएको पनि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चरिकोट अस्पतालमा कोरोना संक्रमित ३० जना उपचाररत हुनुहुन्छ भने नौ जनालाई अन्यत्र रिफर गरिएको छ ।

सम्बन्धित समाचार