दोलखा/दोलखामा सोमवार एक जना पुरुषको कोरोना संक्रमण बाट निधन भएको छ भने ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा उपचार गराईरहनु भएका कालिञ्चोक गाँउपालिका वडा नम्बर ८ का ५० बर्षिय कोरोना संक्रमित पुरुषको सोमवार निधन भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा एक सय ५८ जनाको स्वाव परिक्षण गरिएकोमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको सवास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका सात महिला र सात पुरुष गरी १४ जना, जिरी नगरपालिकामा एक जना महिला, बैतेश्वर गाँउपालिकामा आठ जना पुरष र सात जना महिला गरी १५ जना, तामाकोसी गाँउपालिकामा एक जना पुरुष, विगु गाँउपालिकामा एक जना महिला र एक जना पुरुष गरी दुई जना र कालिञ्चोक गाँउपालिकामा छ जना पुरुष र एक जना महिला गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी सोमवार भीमेश्वर नगरपालिकाका छ जना कोरोना मुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जिल्लामा हाल दोस्रो लहरको कोरोनाका एक सय ८७ जना सक्रिय संक्रमित रहेको र त्यसमा १९ जना अस्पतालको आईसोलेसनमा उपचार गराई रहनु भएको पनि कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद शिक्षा
१ दिन अगाडी
दोलखा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले शैलुङ गाँउपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम[...][...]
-
सहकारी अर्थात सहकार्य
२ दिन अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
३ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
-
सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि अन्तरक्रिया
४ दिन अगाडी
दोलखा/ सदरमुकाम चरिकोटमा विहिवार सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत[...][...]
-
प्रेस काउन्सिलको ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिता अभियान
५ दिन अगाडी
काठमाडाैँ/ प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले[...][...]
-
वडाको अभियानः विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री
१ हफ्ता अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका सबै विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि कपि, कलम तथा शिक्षकले प्रयोग[...][...]
प्रतिक्रिया दिनुहोस्