दोलखा/दोलखा जिल्लामा सोमवार (आज) १० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित जिल्लामा संक्रिय संक्रमितको संख्या २५ पुगेको छ ।
सोमवार ३४ जनाको स्वाव परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाको जनस्वास्थ्य अधिकृत सपना केसीले बताउनु भयो ।
सदरमुकाम चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालबाट स्वाव सङ्कलन गरी पठाईएको १९ जना मध्य सात जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी कालिञ्चोक गाँउपालिकाबाट स्वाव सङ्कलन गरी पठाईएको १५ जना मध्य तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत केसीले बताउनु भयो ।
प्रस्तावित चरिकोट अस्पतालबाट स्वाव सङ्कलन गरी परिक्षणको लागि पठाईएका १९ जना मध्य भीमेश्वर नगरपालिकाका तीन जना, कालिञ्चोक गाँउपालिकाका तीन जना र बैतेश्वर गाँउपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी कन्ट्रयाक ट्रेसिङको आधारमा कालिञ्चोक गाँउपालिकाबाट स्वाव सङ्कलन गरी पठाईएका १५ जना मध्य तीन जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको सवास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्