बैशाख १५, चरिकोट
दोलखा जिल्लाबाट वागमती प्रदेश सभाकी सदस्य रहनुभएकी माननीय सरस्वती बस्नेत प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ । प्रदेश सरकारमा केही मन्त्रीहरु रिक्त भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले बस्नेत सहित अन्य ३ जना मन्त्री नियुक्त गर्नुहुने भएको छ ।
गौरीशंकर गाउँपालिका ५ सुरीमा जन्मनुभएकी बस्नेतले बि.सं २०३२ सालमा अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गर्नुभएको थियो । अखिल नेपाल महिला संघ दोलखाको ४ कार्यकाल अध्यक्ष पदमा रहेर र नेकपा एमाले जिल्ला कमिटीमा समेत ३ दशक भन्दा बढी समय सक्रिय भूमिकामा राजनीति गर्नुभएकी बस्नेत हाल अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य पदमा हुनुहुन्छ ।
वागमती प्रदेश सभामा समानुपातिक सदस्य निर्वाचित भएपछि दोलखाको विकास निर्माणमा क्रियाशील रहनुभएकी बस्नेतले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएपछि कोभिड नियन्त्रण र ब्यवस्थापन कार्यलाई प्रदेशभरी नै प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्