दोलखा/खाडिचौर चरिकोट सडक स्तर उन्नतीको काम सम्झौता भएको पाँच बर्षको अवधिमा पनि सम्पन्न नगरेको भन्दै दोलखाका नागरिक अगुवाहरुले बजारमा १÷१ रुपैया सङ्कलन गरी निर्माण कम्पनिलाई पठाएको छ ।
बुधवार चरिकोट बजारमा १÷१ रुपैयाको दरले सङ्कलन गरिएको सात सय चार रुपैया आयोजना प्रमुख दिप वाराहि मार्फत सडक निर्माणको जिम्मेवारी पाएको शङ्कर मालि निर्माण कम्पिनिलाई पठाईएको खाडिचौर चरिकोट सडक निर्माणमा भएको ढिलासुस्ती विरुद्धको संघर्ष समितिका सहसंयोजक रमेश खतिवडाले बताए ।
पाँच बर्षको अवधिमा निर्माण कम्पनिका सञ्चालकको फोटो सार्वजनिक यातायातको साधनहरुमा टाँस्ने, शङ्ख जुलुस, साङ्ली जुलुस, कोर्ण सभा गर्ने, सडक कार्यालयमा तथा आयोजनाको कार्यालयमा तालाबन्दि गर्ने लगायतका विरोध कार्यक्रम गरिएको भएपनि त्यसको सुनवाई नभएकोले अब निर्णायक आन्दोलन गरिने संघर्ष समितिका सचिव गोकर्ण भण्डारीले बताए ।
आयोजनाका प्रमुख दिप वाराहिले अहिलेको निर्माण कम्पनिले काम गर्ने अवस्था नदेखिएको उल्लेख गर्दै आगामी शनिवारसम्म पनि काम गर्ने अवस्था नबने आईतवार सम्झौता रद्दको लागि सूचना निकालिने र नयाँ ढङ्गले अगाडि बढीने बताए ।

 
					 
			 
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया दिनुहोस्