मुख्य समाचारशिक्षासमाचार

स्वर्गीय बुबाको नाममा शैक्षिक अक्षकोष स्थापना

दोलखा/जिल्ला समन्वय समिति दोलखाका सदस्य एवं युवा समाजसेवी बिदुर शर्माले दोलखाको मेलुङ गाँउपालिकामा रहेको ६ वटा सामुदायीक विद्यालयमा आफ्नो स्वर्गीय पिता हरिशङ्कर उपाध्यायको नाममा शैक्षिक अक्षकोष स्थापना गरेका छन् ।
उक्त अक्षकोषको आम्दानिले विद्यालयमा अध्यनगर्ने विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्राप्त होस भन्ने आफ्नो उदेश्य रहेको अक्षकोषका संस्थापक अध्यक्ष बिदुर शर्माले बताए । स्व. हरिशङ्कर उपाध्याय अक्षयकोषले मेलुङ गाँउपालिकाको ११ वटा विद्यालयमा अक्षकोषको स्थापना गर्ने योजना बनाए अनुसार अहिलेसम्म ६ वटा विद्यालयमा अक्षकोष स्थापना गरेको र बाँकी पाँच वटा विद्यालयमा पनि चाँडै अक्षकोष स्थापना गर्ने कोषका सचिव कृष्ण शर्माले बताए ।
स्व. हरिशङ्कर उपाध्याय अक्षयकोषले अहिलेसम्म मेलुङ गाउँपालिकाको लक्ष्मी मावि घ्याङ, भुमेस्थान मावि घ्याङ, चर्नावती निमावि घ्याङ, कालिका मावि सुकाठोकर, सत्यश्वर मावि पवटी र त्रिभुवन मावि मेलुङमा अक्षकोष स्थापना गरेको छ । अक्षकोष स्थापना गरिएको ६ वटा विद्यालय मध्य पाँच वटामा एक लाख पाँच हजार रुपैयाको अक्षकोष राखिएको र त्रिभुवन मावि मेलुङमा एक लाख ५१ हजारको अक्षकोष राखिएको कोषका अध्यक्ष बिदुर शर्माले बताए ।
स्व. हरिशङ्कर उपाध्याय अक्षयकोषको तर्फबाट प्रत्येक विद्यालयलाई खेलकुद सामग्री, १५ जना विपन्न तथा जेहेन्दर विद्यार्थीलाई एक हजार रुपैया छात्रवृत्ति, शैक्षिक सामग्री र झोला समेत वितरण गरिएको छ । त्रिभुवन मावि मेलुङमा विहिवार अक्षकोष स्थापनाको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी रामहरि श्रेष्ठलाई एक लाख ५१ हजारको चेक हस्तान्तरण गरिएको थियो भने विद्यार्थीहरुलाई खेलकुद सामग्री, शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गरिएको थियो ।
मेलुङ गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुसुम लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष हिराकुमार थोकर, वडा नम्बर ७ का वडा अध्यक्ष नवराज खड्का, कोषका अध्यक्ष बिदुर शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार