प्रविधिशिक्षासमाचार

अग्नी नियन्त्रण सम्बन्धि तालिम

दोलखा/दोलखाको भीमेश्वर नगरपालिकाले सञ्चालन गरेको चार दिने नगर स्तरीय अग्नी नियन्त्रण सम्बन्धि तालिम शनिवार सम्पन्न भएको छ ।
युरोपियन यूनियन मानविय सहायता विभागको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको प्राविधिक सहयोग तथा मानव अधिकार सचेतन तथा विकास केन्द्र, हुराडेक नेपाल दोलखाको साझेदारीमा सञ्चालित वहुप्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजन अन्र्तगत भीमेश्वर नगरपालिकाले उक्त तालिम आयोजना गरेको हो ।
तालिममा नपरपालिकाको अग्नी नियन्त्रक समूह, नगर प्रहरी, नेपाल रेडक्रस सोसाईटी, नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना, नेपाल स्काउट र समुदाय स्तरको विपद प्रतिकार्य टोलीका सदस्य गरी २६ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण काठमाडौं महानगरपालिका अग्नी नियन्त्रन विभागका प्रमुख किशोर कुमार भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, समाज कल्याण परिसदका सदस्य सचिव कुमार खाती, विपद् जोखिम न्युनिकरण सम्पर्क व्यक्ति इन्जिनियर सुरेश राउत, हुराडेकका अध्यक्ष उद्धव पोखरेल, प्रशिक्षक कुमार भट्टराई र प्रशिक्षार्थी अरुण खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार