बागमतीमुख्य समाचारस्वास्थ्य

दोलखामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि

दोलखा/दोलखामा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कार्तिक ८ गते कन्ट्रायाक ट्रेसिङको आधारमा ६० जनाको स्वाव सङ्कलन गरी कार्तिक नौ गते पिसिआर परिक्षणको लागि पठाईएकोमा २० जनाको रिर्पोट आएको र त्यसमा नौ जनाको कोरोना पोजेटिभ देखिएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, इन्सुरेन्सका कर्मचारी र सर्वसाधारण रहेको स्वास्थ्य शाखा प्रमुख खड्काले बताउनु भयो । बाँकी ४० जनाको रिर्पोट बुधवारसम्म आउने खड्काले बताउनु भयो ।

सम्बन्धित समाचार