समाचारस्वास्थ्य

दोलखामा बुधवार सात संक्रमित थपिए

दोलखा/दोलखामा बुधवार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२ जनाको स्वाव सङ्कलन गरी नमुना परिक्षणको लागी प्रदेश प्रयोगशाला धुलिखेलमा पठाईएकोमा सात जनाको कोरोना पोजेटिभ आएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।
कार्तिक ३ गते स्वाव सङ्कलन गरी परिक्षणको लागि पठाईएकोमा एक जना स्वास्थ्यकर्मी र तीन जना सरकारी कर्मचारी समेत गरी तीन जना महिला र चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको खड्काले बताउनु भयो । दोलखामा मंगलवारमात्र छ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा अहिले २७ जना सक्रिय संक्रमति रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो ।
सदरमुकाम चरिकोट आसपास दैनिक कोरोना संक्रमित बढ्दै गएपनि स्वास्थ्य सर्तकता भने अपनाएको पाईएको छैन । दशैको किनमेलको कारण पनि बजारमा अहिले मानिसहरुको चहल पहल अत्यधिक देखिएको छ ।

सम्बन्धित समाचार