दोलखा/बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले ६५ औ प्रहरी दिवसको अवसरमा तीन जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।
बागमति प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी कार्य तर्फको पुरस्कार इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलिमा कार्यरत प्रहरी निरीक्षक शान्ता वाईवा, उत्कृष्ट ट्राफिक व्यवस्थापन तर्फ ट्राफिक प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डे र विपद् उद्दारकर्ता तर्फको पुरस्कार प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकका प्रहरी जवान गंगा केसीलाई पुरस्कृत गरिएको प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले बताउनु भयो ।
प्रहरी दिवसको अवसरमा कोरोना संक्रमण जोखिमको बेलामा समेत आम नागरिकलाई उत्कृष्ट सेवा पु¥याउनु हुने जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईलाई प्रसंशापत्र प्रदान गरिएको प्रहरी बरिष्ठ उपरीक्षक गिरीले बताउनु भयो । त्यसैगरी समुदाय प्रहरी साझेदारी अन्र्तगत नेपाल प्रहरी संगको समन्वयमा उत्कृष्ट भूमिका निर्वाह गर्ने हेटौडा उपमहानगरपालिका, प्रहरीलाई निशुल्क जग्गा प्रदान गर्ने कैलाश गाँउपालिकाका बमबहादुर स्याङतान र पूर्व प्रहरी नायव निरीक्षक विश्व आलेलाई प्रसंशापत्र प्रदान गरिएको थियो । त्यसैगरी अमर प्रहरीका आश्रीत परिवारलाई प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराएको कदरपत्र र बागमति प्रदेश प्रहरी कार्यालयको तर्फबाट नगद तथा दोसल्लाले सम्मान गरिएको कार्यालयले जनाएको छ ।
प्रहरी दिवसकै अवसरमा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले विषयम परिस्थितिमा प्रहरी परिचालन सम्बन्धि मार्ग निर्देशन २०७७ लोर्कापण गर्नु भएको थियो । कार्यक्रममा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्