दोलखा/दोलखा तामाकोसी गाँउपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित दुबै जना एकै परिवारका सदस्य हुन् ।
प्राथामीक स्वास्थ्य केन्द्र चरिकोटबाट असोज २३ गते आठ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा सोमवार तामाकोसी गाँउपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको तामाकोसी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनु भयो ।
२१ बर्षिय दिदी र १४ बर्षिय भाइलाई संक्रमण पुष्टि भएको मिश्रले बताउनु भयो । केहि समय अघि कोरोना संक्रमण पुष्टि भएको तामाकोसी गाँउपालिकाको पुरुषको सम्पर्कमा पुगेको आधारमा उनीहरुको स्वाव परिक्षण गरिएको थियो । उनीहरु सदरमुकाम चरिकोटमा वस्दै आएका थिए । संक्रमण पुष्टि भएपछि उनीहरुलाई सदरमुकाम चरिकोटमा रहेको भीमेश्वर नगरपालिकाको आईसोलेशनमा राखिएको मिश्रले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्