मुख्य समाचारस्वास्थ्य

विपद् जोखिम सुशासनमा पत्रकारको भूमिका विषयमा अन्र्तक्रिया

दोलखा/अन्तराष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवस (१३ अक्टोबर) को सन्र्दभमा सदरमुकाम चरिकोटमा शुक्रवार विपद् जोखिम सुशासनमा सञ्चारकर्मीको भुमिका विषयक अन्र्तक्रिया सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाको सहकार्यमा भीमेश्वर नगरपालिका, युएनडिपी, युरोपियन युनियन सिभिज प्रोटेक्सन एण्ड ह¥युमटेरिएन एड र हुराडेक नेपाल दोलखाले संयुक्त रुपमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा युएनडिपिका भेष पराजुलीले कार्यक्रमको पृष्ठभूमि, हुराडेकका राजेश भट्टराईले विपद्को शब्दावली, नेपाल र विपद् व्यवस्थापन चक्र, भीमेश्वर नगरपालिकाका सुरेश राउतले विपद् जोखिम व्यवस्थापन सम्बन्धि ऐन, कानुन, संघिय सरकार देखि स्थानिय सरकारसम्म विपद् संरचना र जिम्मेवारी तथा सञ्चारकर्मी चिरञ्जीवी मास्केले विपद् सम्बन्धि समाचारको विषयमा आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो । नेपाली टाइम्सका सम्पादक बरिष्ठ पत्रकार कुन्द दिक्षितले भर्चुअल सेसनमा विपद्को रिर्पोटिङ र विपद् न्युनिकरणमा पत्रकारहरुको भूमिकाको विषयमा आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो ।
हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर केसी, नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष मन्दिरा थापा र हुराडेक नेपाल दोलखाका शेरबहादुर भुजेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा दोलखामा क्रियासिल बिभिन्न सञ्चार माध्यमका कार्यरत २० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार